default_image

9 months ago

November 29, 2023

पोखरा र ललितपुरबीच पहिलो हाफ बराबरी

648 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग अन्तर्गत दशरथ रंगशालामा जारी पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्।

दुबै टोली बाट गोल गर्ने प्रयासहरू भएपनि खाता खोल्न सकेनन् । खेलमा पकड भने पोखराको रहेको छ। ललितपुरले बुटवल विरुद्ध प्रदर्शन गरेको जस्तो खेल आज देखाउन सकेको छैन। ललितपुरका विदेशी स्ट्राइकर पापा केबे घाइते भएर मैदान समेत छाडिसकेका छन्।

पाँचौं मिनेटमा पोखराका स्टेफन अन्नोरको क्रसलाई ओमोलाजा करीमले क्लियर गरे। छैठौं मिनेटमा पोखराले पोस्टमा प्रहार गर्यो। फ्रान्कलिन टाल्लाको लामो बलमा मोसेस ग्याबाले राम्रो मौका पाएका थिए। तर उनको प्रहार पोस्टमा लागेर फर्कियो।

सातौं मिनेटमा पोखराका दिपेश आले मगरको बक्स बाहिरबाट लिएको प्रहर ललितपुर गोलकिपर जेफ्रि बाल्टुसले सहजै समाते।

१९औं मिनेटमा इमोह इजिकिएलले दिनेश हेन्जनको लामो बलमा बक्सको छेउमा आएका पोखराका गोलरक्षक यभ्स प्रिसोलाई बिट गरेपनि उनको प्रहार टाल्लाले विफल पारे।

२५औं मिनेटमा निखिल कदमको फ्रि-किकमा अनन्त तामाङले फ्रि हेडर मौका पाएका थिए। उनको प्रयास सिधै प्रिसोको हातमा पुग्यो । तर अनन्त अफसाइड थिए।

२६औं मिनेटमा निखिल कदमको राम्रो क्रसमा ललितपुरका दिनेश र इजिकिएल दुबैले हेडर जित्न सकेनन्।

३८औं मिनेटमा करिमको बक्सको बायाँबाट लिएको फ्रिकिक प्रहार फार-पोस्टको केही टाढाबाट बाहिरियो। ४०औं मिनेटमा निखिलको क्रसमा इजीलिएलले ट्यापइन गर्न सकेनन् र प्रिसोले क्रसलाई नियन्त्रणमा लिए।

४३औं मिनेटमा आयुष घलानको क्रसमा मोसेसको हेडर टार्गेटमा रहन सकेन। दुबै टोली यस संस्करणको दोस्रो जितको खोजीमा छन्। आ-आफ्नो पहिलो खेलमा दुबै टोलीले जित दर्ता गरेका थिए।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.