default_image

9 months ago

November 28, 2023

अन्तिम समयमा दुई गोलसहित काठमाडौं र चितवनको बराबरी

1452 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा बराबरी गर्दै काठमाडौं रेजर्सले एफसी चितवन विरुद्ध एक अंक हासिल गरेको छ ।

खेलको ८६औं मिनेटमा गोल खाएको काठमाडौंले थपिएको समयको दोस्रो मिनेटमा गोल गर्दै खेलमा नाटकीय बराबरी गरेको हो ।

८६औं मिनेटमा नवयुग श्रेष्ठको बक्सको दायाँपट्टी बाट गरेको क्रस बक्स बायाँपट्टी विमलको खुट्टामा पुग्यो। उनले उत्सव राईको लागि गर्न खिनेको कटब्याक शोखरुखको खुट्टामा लागेर पोस्टमा जान पुग्यो र आत्मघाती गोल हुन पुग्यो।

यस गोल सँगै चितवन एनएसएल इतिहासमा आफ्नो पहिलो जित दर्ता गर्ने तरखरमा थियो। तर अन्तिम समयमा चितवनले गोल खान पुग्यो।

थपिएको समयको दोस्रो मिनेटमा एनकेंगुए जुनियरले खेलमा बराबरी गरे। बक्सको छेउबाट गरेको उनको भल्ली प्रहारले विशाल श्रेष्ठलाई बिट गर्यो।

त्यसअघि भने खेलमा दुवै टोलीबाट स्पष्ट मौकाहरु सृजना हुन सकेको थिएन। चितवनका विमल घर्ती मगरको थ्रु पासमा रफिक अमिनु पुग्नु अघि काठमाडौं गोलरक्षक अभिषेक वरालले समाते। अर्को मिनेटमा छिरिङ गुरुङको क्रस पनि अभिषेकले समाते।

चौधौं मिनेटमा काठमाडौंका तोजीदिनोभको लामो दूरी बाट लिएको प्रहारले पोस्टको दिशा लिन सकेन। २३औं मिनेटमा शोखरुखको प्रहारले पनि चितवन गोलरक्षक विशाल श्रेष्ठलाई कुनै समस्या दिन सकेमा।

२६औं मिनेटमा चितवनका रोशन राना मगरको बायाँ खुट्टाले गरेको प्रहार पोस्टको निकै टाढा बायाँ बाहिरियो। ३५औं मिनेटमा विशाल श्रेष्ठले क्रस समातेर खेलेको लामो पासमा रोशन राना मगरको चिप अभिषेकले समाते। ३९औं मिनेटमा अफ्रिए अक्वाहको फ्रिकिकमा मार्को इभनोभिचले हेडर लगाउन सकेनन्।

४०औं मिनेटमा विमल घर्ती मगरको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो। ४५औं मिनेटमा काठमाडौंका एनकेंगुए जुनियरको फ्री-किक पोस्टको माथिबाट बाहिरिन पुग्यो।

४९औं मिनेटमा आन्द्रेस नियाको पासमा हिसुब थपलियालाई मौका बनेको थियो तर उनले बल नियन्त्रणमा लिन सकेनन्। ५१औं मिनेटमा अमिनुको बायाँ खुट्टाले गरेको प्रहार पोस्टको थोरै टाढा बाट बाहिरियो।

६४औं मिनेटमा अमिनुले बक्स भित्र बाट गरेको क्रसले विमललाई भेटाउन सकेन। ६९औं मिनेट एक चतुर फ्रीकिक रुटिनमा अमिनु सामु गोल गरे राम्रो अवसर सृजना भएको थियो तर उनले प्रहार गर्नु अघि अन्जन राईले राम्रो ट्याकल गरेर बल क्लियर गरे।

७०औं मिनेटमा कुलदीप कार्कीको क्रसमा राजीव लोप्चनको हेडर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे। तर राजीवलाई असिस्टेन्ट रेफ्रीले अफसाइड दिइसकेका थिए।

७३औं मिनेटमा विमलको कमजोर खुट्टाले गरेको प्रहारले अभिषेकलाई बचाउ गर्न बाध्य बनाउन सकेन। ८०औं मिनेटमा नियाको क्रस विशालले पन्च गरेपछि राजीवको खुट्टामा आएको बललाई उनले पोस्टको माथि प्रहार गरे।

काठमाडौँले पहिलो खेलमा इलाम विरुद्ध जित हासिल गरेको थियो। चितवनले भने पोखरा सँग पराजय भोगेको थियो।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.