default_image

11 months ago

November 28, 2023

काठमाडौं र चितवनको भिडन्त आज

1125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत आजको खेलमा काठमाडौंं रेजर्स र एफसी चितवन खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । दुवै टोलीको पहिलो खेलको कथा भने फरक थियो । चितवनलाई धेरैले यस संस्करणको उपाधि दाबेदार मानेका छन् । तर पहिलो खेलमा चितवन पोखरा विरुद्ध १-० ले स्तब्ध बन्न पुग्यो । हारपछि चितवनका भारतीय प्रशिक्षक मेहराजुद्धिन वडुले चितवन आउँदो खेलमा राम्रो खेल्ने बताएका थिए ।

उता काठमाडौँले भने पहिलो खेलमा इलामलाई १-० ले हराएको थियो । राजीव लोप्चनको गोलमा काठमाडौंले जित हासिल गरेको थियो । जित हासिल गरेपनि प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो टोलीको खेल प्रदर्शन बाट सन्तुष्ट नभएको जिकिर गरेका थिए । हाफ टाइममै दुई खेलाडी परिवर्तन गर्नुले पनि उनको असन्तुष्टि बुझ्न सकिन्थ्यो ।

गत संस्करणको विजेता र अन्तिम स्थानमा रहेको यी दुई टोली यसपटक उपाधिमा आँखा लगाइरहेका छन् ।

चितवनको टोली :

मार्की : विशाल श्रेष्ठ

प्रशिक्षक : मेहराजउद्दीन वडू (भारत), सहायक प्रशिक्षक : बालगोपाल साहुखल

आइकोनिक खेलाडी : विमल घर्ती मगर

विदेशी खेलाडी : टोरिच जेब्रिन, रफिक अमिनु,, अफ्रिए अक्वा, मुबारक युसुफ (घाना)

अक्सनमा अनुबन्धित खेलाडी : अमृत श्रेष्ठ, एकराज बुढाथोकी, प्रदीप भण्डारी, राजेश परियार, रोशन राना मगर, बुद्ध तामाङ, हेम तामाङ, उत्सव राई, विक्रम धिमाल, शरण विक्रम सिंह बस्नेत, छिरिङ गुरुङ, नवयुग श्रेष्ठ, पुस्कर खड्का

थप खेलाडी : कुशल जंग कार्की, सिर्जन राज गौतम, रोजल दाहाल

फिजियो : अनिश बुढाथोकी

काठमाडौँको टोली :

मार्की : हिसुब थपलिया

प्रशिक्षक : बालगोपाल महर्जन, सहायक प्रशिक्षक : राकेश श्रेष्ठ, मिहिर सावन्त, गोलरक्षक प्रशिक्षक : मृगेन्द्र मिश्र

विदेशी खेलाडी : जोकिर उगली शोख्रुख मह्मुदोजिएभ, कोदिरजोन उगली तोजिदिनोभ (उज्बेकिस्तान), जुनियर एन्कुंगे, जुआन ओलिभर सिमो किन्गुए, आन्द्रेस निया (क्यामरुन)

अक्सनमा अनुबन्धित खेलाडी : कुलदीप कार्की, जियारत शेख, राजीव लोप्चन, अमित तामाङ, महेन्द्र कार्की, खमिर गिल्सन, प्रशान्त अवस्थी, सुशील कुमार यादव, मौसम सुब्बा, दिपेश गुरुङ, अन्जन राई, अभिषेक बराल

थप खेलाडी : अन्जल श्रेष्ठ, गणेश हमाल, अमिन रावल, पेम्बा दोर्जे लामा, उज्ज्वल शाही

फिजियो : राजु दाहाल, व्यवस्थापक : मधुसुदन उपाध्याय

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.