default_image

11 months ago

November 27, 2023

झापामाथि इलामको जित

1892 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्टिङ इलाम डे मेची फुटबल क्लबले नेपाल सुपर लिगमा आफ्नो पहिलो जित दर्ता गरेको छ ।

दशरथ रंगशालामा सोमबार झापा फुटबल क्लबलाई १-० ले पराजित गर्दै इलामले एनएसएलको पहिलो जित दर्ता गर्यो । यसअघि पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित इलामले अमाथ एनडाको गोलमा जित हासिल गरेको हो । झापा भने पहिलो खेलमै पराजित हुन पुग्यो ।

पहिलो हाफमा बराबरी भएको खेलको दोस्रो हाफमा इलामले लगातार अवसर सिर्जना गर्यो । अन्तिम समयमा पेनाल्टीमा चुकेपनि इलामले त्यसको एक मिनेटमै गोल गर्दै अग्रता बनायो । झापाले बल पोसेसनमै संघर्ष गर्दा इलामले पहिलो खेलमा हारको पिडा बिर्साउन सफल भयो ।

११ औं मिनेटमा झापाले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो ।छिरिङ लामाले दिएको लामो पासमा जोर्गे पेरेज सान्चेजले डिफेन्स लाइन बिट गरे । इलामका गोलरक्षक विकेश कुथु अघि बढेपछि दबाबमा जोर्गेले गरेको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरियो ।

२९ औं मिनेटमा इलामका इब्राहिमा जितेले गरेको प्रहार पोस्टभन्दा बाहिर गयो । उनले राइट ब्याक छिरिङ लामालाई बिट गर्दै पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेका थिए ।

३२ औं मिनेटमा सान्चेजले पुन: एकपटक इलामको अफसाइड ट्रयाप बिट गरेपनि विकेशले अघि बढेर बललाई क्लियर गरे । ३८ औं मिनेटमा इलामका भरत खवासले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले सर्बियन गोलरक्षक स्टेफान कुपिकलाई समस्या दिन सकेन ।

४४ औं मिनेटमा झापाको अग्रता लिने प्रयासमा क्रसबार बाधक बन्यो । छिरिङले दिएको क्रसमा अन्जनको डाइभिङ हेडर क्रसबारमा लागेर फार्कियो ।

दोस्रो हाफको पहिलो मिनेटमै इलामले गोलको अवसर पायो । अमाथ एनडाले पेनाल्टी क्षेत्रबाहिर अनमार्क रहँदा बल पाएपनि उनको अन्तिम टच भारी रहँदा कुपिकले अघि आएर बल समाते ।

५४ औं मिनेटमा विकेशले उत्कृष्ट बचाउ गर्दा खेल गोलरहित नै रह्यो । सुरज विष्टको क्रसमा जोर्गे सान्चेजको हेडर विकेशले अन्तिम समयमा पोस्टको बाहिर पठाए । लगत्तै कर्नरबाट आएको मुभमा सान्चेजको ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार विकेशकै हातमा पुग्यो ।

६३ औं मिनेटमा इलामका अमाथले डिफेन्स लाइन बिट गरेर पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको अवस्थामा गोल गर्न सकेनन् । डिफेन्डर योगेश गुरुङले अमाथलाई तानेर रोक्न खोजेपनि अघि बढेका उनले गोलरक्षकलाई पहिलो बार च्यापेर गरेको प्रहार बाहिरिएको थियो ।

६९ औं मिनेटमा इलामको लगातार तीन प्रहार गोल हुन सकेन । अब्दुलाए बाले सुरुवातमा गरेको प्रहार पोस्टमा लागेर फर्कियो । रिबाउन्डमा फोडे कामराको प्रहार कुपिकले फर्काए । त्यसको रिबाउन्डमा दीपेश घलेको प्रहार कुपिकले टप कर्नरबाट पोस्टमाथि पन्च गरिदिए ।

८४ औं मिनेटमा अमाथले पेनाल्टी पोस्टमाथि प्रहार गर्दा इलाम अग्रता लिनबाट बन्चित भयो । योगेश गुरुङले पेनाल्टी क्षेत्रभित्र भरत खवासलाई लडाएपछि रेफ्री उमेश बिडारीले पेनाल्टी दिए । तर अमाथको शक्तिशाली प्रहार पोस्टभन्दा निकै माथिबाट गयो ।

लगत्तै त्यसको एक मिनेटमै अमाथले गोल भने गरे । भरत खवासको पासमा उनको शक्तिशाली प्रहार कुपिकले विफल पारे । तर रिबाउन्डमा फलो अप गर्दै अमाथले बललाई पोस्टको दिशा दिए ।

इन्ज्युरी समयको पाँचौ मिनेटमा झापाले बराबरी गर्ने अवसर पायो । लक्ष्मण रुचालको पासमा प्रदीप लामाको प्रहार विकेश कुथुले विफल पारे ।

मंगलबार हुने खेल फुटबल क्लब चितवन र काठमाडौं रेजर्स फुटबल क्लबबीच साँझ ५:३० बजे हुनेछ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.