default_image

10 months ago

November 27, 2023

युनाइटेडको सहज जितमा गार्नाचोको सानदार गोल

863 views

0 Bookmark

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले जित हासिल गरेको छ ।

युनाइटेडले एभर्टन माथि ३-० को जित निकालेको हो । म्यानचेस्टर युनाइटेडका लागि अलेहान्द्रो गार्नाचो, मार्कस र्यासफर्ड र एन्थोनी मार्सीयालले एक एक गोल गरे ।

खेलको अग्रता युनाइटेडले तेस्रो मिनेटमा नै गार्नाचोको उत्कृष्ट गोलको मद्दतले लियो । डियोगो डालोटको क्रसमा गार्नाचोले अविस्मारणिय बाईसाइकल गोल गर्दै खेलमा अग्रता दिलाएका थिए ।

पहिलो गोल गरेपछि खेलमा केहीबेर लय बिराएको युनाइटेडले दोस्रो हाफको सुरुवातमा नै पेनाल्टी मार्फत अग्रता दोब्बर गर्ने अवसर पायो । एस्ली योङले मार्सीयालमाथि फाउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । पेनाल्टीमा र्यासफर्डले गोल गर्दै अग्रता दोब्बर बनाए ।

पेनाल्टी जितेका मार्सीयालले ब्रुनो फर्नान्डेजको पासमा राम्रो फिनिश गर्दै ७५औं मिनेटमा तेस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

जितपछि युनाइटेड १३ खेलमा २४ अंक सहित छैठौं स्थानमा।उक्लिएको छ । पराजित एभर्टन भने १३ खेलमा ४ अंक सहित पुछारमा बाट दोस्रो स्थानमा छ । एभर्टनको फाइनान्सियल फेयर प्लेका कारण प्रिमियर लिगले १० अंक कटौती गरेपछि तालिकाको अन्तिम तिर खस्किन पुगेको हो ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.