default_image

10 months ago

November 26, 2023

अन्तिम समयमा जित निकाल्दै आर्सनल शीर्ष स्थानमा

1235 views

0 Bookmark

एजेन्सी – ब्रेन्टफर्ड विरुद्ध अन्तिम समयमा जित निकाल्दै आर्सनल इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

म्यानचेस्टर सिटी र लिभरपुलको बराबरी पछि शीर्ष स्थानमा उक्लिने मौका पाएको आर्सनलले काई हाभर्ट्जको गोलको मद्दतले १-० को जित निकाल्दै तीन अंक हासिल गरेको हो ।

खेल निकै प्रतिस्पर्धात्मक थियो। १४औं मिनेटमा आर्सनल गोलकिपर एरन राम्सडेलले गल्ती गरे पछि ब्रायन एम्बोएमोको प्रहार डेक्लन राइसले गोल लाइन बाट बचाएका थिए। ३८औं मिनेटमा आर्सनलका ग्याब्रिएल जिससको प्रहारले पोस्टको दिशा लिन सकेन।

४२औं मिनेटमा आर्सनलले अग्रता लिएको थियो। लियान्ड्रो ट्रोसार्डले गोल गर्दै खेलमा आर्सनलले अग्रता दिलाएका थिए। तर भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई अफसाइड भएका कारण रद्द गरेपछि आर्सनल अग्रता लिन बाट बञ्चित भएको थियो।

७७औं मिनेटमा निल मपेको प्रहार आर्सनलका डिफेन्डर ओलेक्जान्डर जिन्चेन्कोले गोल लाइन बाट क्लियर गरे।

८९औं मिनेटमा भने आर्सनलले अग्रता लियो। बुकायो साकाको क्रसमा फार पोस्टमा हेडर मार्फत गोल गर्दै हाभर्ट्जले गोल गरे र आर्सनलले तीन अंक दिलाए।

जित पछि पहिलो स्थानमा उक्लिएको आर्सनलको १३ खेलमा ३० अंक छ। दोस्रो र तेस्रो स्थानमा रहेका म्यानचेस्टर सिटी र लिभरपुलको क्रमसः २९ र २८ अंक रहेको छ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.