default_image

10 months ago

November 25, 2023

म्यानचेस्टर सिटी र लिभरपुलको बराबरी

850 views

0 Bookmark

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा दुई महारथी म्यानचेस्टर सिटी र लिभरपुलको खेल बराबरीमा टुंगिएको छ । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा भएको खेलमा यी दुई टोलीले १-१ को बराबरी खेलेका हुन् ।

खेल निकै नै प्रतिस्पर्धात्मक थियो । दुवै टोलीले सोचे अनुरूपको प्रदर्शन भने गर्न सकेनन् र अंक तालिकाको शीर्ष स्थानमा अग्रता फराकिलो बनाउने अवसर गुमाए ।

११औं मिनेटमा लिभरपुलका गोलरक्षक एलिसनले सिटीका फिल फोडेनको खुट्टामा सिधै बल दिएपछि सिटीले राम्रो अवसर पाएको थियो, टर फोडेनको प्रहार सिधै एलिसनको हातमा पुग्यो।

२७औं मिनेटमा सिटीले खेलमा अग्रता लियो। रक्षक नेथन आकेले दुई डिफेन्डरलाई छक्याएर दिएको पासमा सिटीका कीर्तिमानी स्ट्राइकर एरलिङ हालान्डले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। यस गोल गरेसँगै उनी प्रिमियर लिग इतिहासमा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडी समेत बनेका छन्।

४४औं मिनेटमा बक्सको छेउ बाट फोडेनले गरेको प्रहार एलिसनले राम्रो बचाउ गरेका थिए। ५३औं मिनेटमा जुलियन अल्भारेजको प्रहार पोस्टको माथि बाट बाहिरिएपछि सिटीले अग्रता दोब्बर गर्ने सुनौलो अवसर गुमायो।

७२औं मिनेटमा डार्विन नुनेजको प्रहार बचाउन सिटी गोलरक्षक एडरसनले राम्रो बचाउ गर्नु पर्यो।

८०औं मिनेटमा भने लिभरपुलले खेलमा बराबरी गर्यो। मोहम्मद सालाहको पासमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डले राम्रो फिनिश गर्दै खेललाई बराबरीमा ल्याउँदै आफ्नो टोलीका लागि एक अंक हासिल गरेका थिए।

जित पछि सिटी १३ खेलमा २९ अंक सहित पहिलो स्थानमै रहँदा लिभरपुल समान १३ खेलमा २८ अंक सहित दोस्रो छ। तेस्रो स्थानमा रहेको आर्सनलको १२ खेलमा २७ अंक छ। आज राती ११:१५ मा हुने खेलमा आर्सनलले शेफिल्ड युनाइटेड विरुद्ध जित हासिल गरेमा आर्सनल शीर्ष स्थानमा उक्लिने छ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.