default_image

10 months ago

November 25, 2023

ललितपुरको पहिलो हाफमै २ गोल

900 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग अन्तर्गत आज दिनको दोस्रो खेलको पहिलो हाफमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसी विरुद्ध दुई गोलको अग्रता लिएको छ ।

ललितपुरका लागि दिनेश हेन्जन र कप्तान अनन्त तामाङले एक एक गोल गरेका हुन् ।

खेलको नवौं मिनेटमा ललितपुरका पापा केबेले सञ्जित राईको क्रसमा हेडर प्रहार गर्न सकेनन् । ११औं मिनेटमा इमोह इजिकिएलको पासमा सनिश श्रेष्ठले प्रहार गर्नु अघि बुटवलका गोलरक्षक मोहमडूले समाते ।

१९औं मिनेटमा इजिकिएलको क्रसमा दिनेशले प्रहार गर्न पुग्न सकेनन् ।

२६औं मिनेटमा भने ललितपुरले खेलमा अग्रता लियो । अनन्त तामाङको लामो पासमा पापा केबेले नियन्त्रणमा लिएर प्रहार गर्न खोज्दा बुटवल डिफेन्डर अर्नेस्ट टाम्पीले क्लियर गरेको बल दिनेशको खुट्टामा पुगेको थियो र दिनेशले सहजै बललाई खाली पोस्टको दिशा देखाएका थिए ।

३१औं मिनेटमा बुटवलका प्रकाश बुढाथोकीको लामो दूरीको प्रहारले गति लिन सकेन । अर्को मिनेटमा भने ललितपुरले अग्रता दोब्बर गर्यो । अनिल महर्जनको कर्नरमा ललितपुरका कप्तान तथा मार्की खेलाडी अनन्त तामाङले खाली रहेको अवस्थामा हेडर मार्फत गोल गर्दै दुई गोलको अग्रता बनाए ।

त्यसपछि पनि ललितपुरको मौका सृजना गर्न भने छोडेन । पापा केबेले इजिकिएलको क्रसमा गरेको प्रहार बुटवल गोलरक्षक मोहमडूले बचाए । रिबाउन्डमा भने उनले बललाई पोस्टको थोरै बाहिर प्रहार गरे ।

४२औं मिनेटमा बुटवलका स्टेफन विनोङको हेडर ललितपुर गोलरक्षक जेफ्री बाल्टुसले उत्कृष्ट बचाउ गरे । ४३औं मिनेटमा ललितपुरको अग्रता बढाउने सुनौलो अवसर गुमायो । काउन्टर अट्याकमा इजिकिएलको प्रहार बुटवल मोहमडूले राम्रो बचाउ गरे ।

आज भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवन माथि १-० को जित निकाल्दै तीन अंक जोडेको थियो ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.