default_image

10 months ago

November 24, 2023

इलाम र काठमाडौं पहिलो हाफमा बराबर

1181 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं रेजर्स र स्पोर्टिङ्ग इलाम एफसीले गोलरहित बराबरी खेलेका छन् ।

भव्य उद्घाटन समारोहका साथ दशरथ रंगशालामा सुरु भएको एनएसएलको दोस्रो संस्करणको पहिलो खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेका छैनन् ।

पाँचौं मिनेटमा काठमाडौंका शोखरुखको फ्री किक इलाम गोलरक्षक विकेश कुथुले सहजै समाते । १२औं मिनेटमा इलामका अमाथ एनडवको लामो दूरी बाट लिएको प्रहार पनि काठमाडौं गोलरक्षक अभिषेक बरालले बचाए ।

१९औं मिनेटमा शोखरुखको थ्रु-पासमा काठमाडौंका कप्तान हिसुब थपलियालाई इलामका कप्तान विकेशले विफल पारे । त्यही नै पहिलो हाफको सबैभन्दा स्पष्ट मौका थियो । त्यसपछि भने खेलमा स्पष्ट मौका सृजना भएनन् ।

पछिल्लो संस्करणमा काठमाडौंलाई उपाधि दिलाउने कप्तान विकेश अहिले इलामको मार्की तथा कप्तान छन् । काठमाडौंको कप्तान र मार्की भने हिसुव थपलिया रहेका छन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.