8 years ago
January 22, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्टले गत साताबाट स्पेनको मार्बेला युनाइटेड एफसीमा प्रशिक्षण लिन सुरु गरेका छन् । अभ्यास र ट्रायलका लागि भन्दै अन्जन जनवरी ९ मा त्यसतर्फ प्रस्थान गरेका थिए ।
उनी तीन महिनाका लागि त्यहाँ पुगेका हुन् । ‘५/६ दिन देखि प्रशिक्षण गरिरहेको छु’ अन्जनले हाम्रो खेलकुदसँग टेलिफोनमा भने, ‘कहिले सम्म अभ्यास वा ट्रायल केही भनिएको छैन । म नियमित प्रशिक्षण गरिरहेको छु । ’ पुस १५ गते सातौं राष्ट्रिय खेलकुदको फुटबलमा एपिएफलाई स्वर्ण पदक दिलाउन महत्वपूर्ण भूमिका खेलेपछि उनी स्पेन लागेका थिए ।
स्पेन जानुअघि उनलाई एपिएफले उनीसहित ६ खेलाडीलाई मस्ट भ्यालुएवल प्लेयरबाट सम्मानित गरेको थियो । ६ मध्ये अन्जनका दाई एपिएफकै स्ट्राइकर रञ्जन पनि थिए । सातौं राष्ट्रिय खेलकुद फुटबलको फाइनलमा अन्जनकै २ गोलमा आर्मीलाई २–० ले हराउँदै एपिएफ च्याम्पियन बनेको थियो । स्पेनको मार्बेला त्यहि क्लब हो जसमा अन्जन र राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङले गत बर्ष केही साता अभ्यास गर्नुका साथै केही मैत्रीपूर्ण खेल खेलेका थिए ।
गत बर्ष फागुनमा उनीहरुले मार्बेलाले नेदरल्यान्ड्स पुगेर मैत्रीपूर्ण खेल खेलेका थिए । सोही क्लबमा राष्ट्रिय टोलीका अर्का स्ट्राइकर बिमल पनि जाने बताइएको छ । बिमल अहिले बल्जियम छन् । विगतमा जस्तै अहिले पनि लुइस डी ब्रायजले उनीहरुको अभ्यासको व्यवस्था मिलाएका हुन् ।
स्पेन यात्रालाई जानुअघि हेटौडाका अन्जनले भनेका थिए ‘हामीले पहिला पनि त्यहाँ गएर अभ्यास गरिसकेका छौं । फेरी मौका मिलेको छ । त्यहाँको वातावरण र अभ्यास हाम्रो भन्दा धेरै स्तरीय छ । यसले मलाई र राष्ट्रिय टोलीलाई फाइनल पुग्ने विश्वास छ ।’ मार्बेला युनाइटेड युएस सकर एकेडेमीको शाखाको रुपमा स्पेनको मालागामा स्थापित क्लब हो । सुरुमा युएस सकरकै नाममा स्थापना गरिए पनि २०१४ मा मार्बेला युनाइटेड एफसी नाम राखिएको क्लबको बेभसाइटमा उल्लेख छ ।
नेपालले पछिल्लो डेढ बर्षमा फुटबलमा चारवटा उपाधि जितेको थियो । अन्जन र बिमल नेपालले प्राप्त गरेका सबै सफलता दिलाउने टोलीका सदस्य हुन् । गत भदौमा काठमाडौंमा साफ यु–१९ उपाधि उचालेको नेपालले माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप जितेको थियो भने यु–२३ टोलीले फागुनमा भारतमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा स्वर्ण पदक जितेको थियो । सबैभन्दा ठूलो सफलताका रुपमा अन्जन र बिमलसहितको टोलीले झन्डै दुई महिनाअघि मलेसियामा सोलिडारिटी कप जितेको थियो ।
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]
May 2, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]