default_image

8 years ago

January 21, 2017

म्यानचेस्टर सिटि र स्पर्सले अंक बाँडे

93 views

0 Bookmark

एजेन्सी – दुइ गोलले पछि परेको स्थितिलाइ उल्टाउदै इङ्गलिश प्रिमिएर लिग अन्तर्गत  शनिबार राती भएको खेलमा टोटेन्हम हट्स्परले म्यानचेस्टर सिटिसंग २-२को बराबरी खेलेको छ।

guardiola

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि सिटीले दोश्रो हाफको सुरुवातमै अग्रता लिएको थियो। स्पर्सका गोलरक्षक ह्युगो लोरिसले गरेको दुवै गल्तिको फाइदा उठाउदै लेरोय साने र केभिन डे ब्रुयेनले गोल गरेका थिए।

तर डेले अलिको उत्कृष्ट हेडीङ्ग गोलले खेलमा फर्किएको स्पर्सका लागि वैकल्पिक खेलाडी ह्युंग मिन सनले गोल गरेपछि खेल २-२ को बराबरीमा टुंगियो।

बराबरीसंगै स्पर्स ४६ अंक लिएर दोश्रो स्थानमै यथावत छ भने सिटि ४३ अंक बोकेर पाँचौ स्थानमा रहेको छ।

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

May 2, 2025

युरोपा लिगमा टोटेनहमलाई सफलता

एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]

May 2, 2025

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले‌ हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]

Success

Thank you for your time.