default_image

10 months ago

November 21, 2023

अनन्तको चोट सामान्य, एनएसएल खेल्ने

603 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ यमनविरुद्ध मंगलबार भएको फिफा विश्वकप २०२६ छनोटको खेलमा घाइते भए । चोट बोकेपछि स्ट्रेचरमा बाहिर लगिएका अनन्तको स्थिति सामान्य रहेको छ ।

खेलपछि बोल्दै प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले अनन्तको स्थिति सामान्य रहेको बताएका हुन् । चोटका कारण यूएईविरुद्ध भएको पहिलो खेल गुमाएका अनन्तले यमनविरुद्ध भने सुरुवाती रोजाइमा खेलेका थिए । प्रशिक्षक अनेसेले मेडिकल टोलीको सल्लाह अनुसार नै उनलाई सुरुवातमा खेलाएको बताए ।

‘हामीले अनन्तलाई मेडिकल टोलीको सल्लाह अनुसार नै खेलाएका हौं । आज चोट बोक्नुको कारण उनले झन्डै ९ दिन आफ्नो चोटका लागि मात्र रिह्याब गरेका थिए । हामी नेपाल फर्केपछि २-३ दिन मात्र प्रशिक्षण गरेका थियौं । त्यसैले उनलाई क्र्याम्प्प भएको हो । कुनै गम्भीर चोट होइन,’ अनेसेले भने ।

खेलको ७९ औं मिनेटमा स्ट्रेचरमा बाहिर लागिएको अनन्तको स्थानमा योगेश गुरुङले अन्तिम समय मैदानमा बिताएका थिए । योगेशले पहिलो खेलमा यूएईविरुद्ध दोस्रो हाफमा मैदान छिर्दै डेब्यु गरेका थिए । खेलमा २-० को हार बेहोरेपछि नेपाली टोलीले दर्शकलाई धन्यवाद दिँदा अनन्त आइसिङ गर्दै मैदानको मध्य भागसम्म पुगेका थिए ।

टोली फर्कने क्रममा पनि अनन्त टिम बसमै होटेल फर्केका थिए । उनको अवस्था सामान्य रहेको र नेपाल सुपर लिग (एनएसएल) का लागि कुनै असर नपर्ने बुझिएको छ । एनएसएलको पहिलो संस्करण चोटका कारण गुमाएका अनन्त दोस्रो सिजनमा भने ललितपुर सिटि फुटबल क्लबको मार्की खेलाडी तथा कप्तान रहेका छन् ।

अनन्त सम्मिलित ललितपुरले पहिलो खेलमा बुटवल लुम्बिनी फुटबल क्लबको सामना गर्नेछ । एनएसएलको दोस्रो संस्करण शुक्रबारदेखि सुरु हुँदैछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.