default_image

8 years ago

January 21, 2017

म्याड्रिडको कठिन जितमा रामोसको दुई गोल

31 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – चालिस खेलको अपराजित यात्रापछि लगातार दुई खेलमा हार व्येहोरेको रियल म्याड्रिडले स्पेनिश ला लिगा अन्तर्गतको खेलमा मालागालाइ २-१ले पराजित गरेको छ

ramos-2-goals

३५औं मिनेटमा सर्जियो रामोसको गोलले अग्रता लिएको म्याड्रिडका लागि कप्तान रामोसलेनै ४२औं मिनेटमा अग्रता दोब्बर पारेका थिए

दोश्रो हाफमा केहि फिका देखिएको म्याड्रिडलाइ मालागाका वान्पीले ६३औं मिनेटमा गोल गर्दै खेललाई २-१को स्थितिमा ल्याए तर त्यसपछि खेलमा खासै आक्रमण गर्न नसकेपछि म्याड्रिडले तिन अंक आफ्नै पोल्टामा राख्यो

यस जितसंगै म्याड्रिडको अंक तालिकामा ४३ अंक भएको छ र शिर्ष स्थानमा यथावत छ चार अंक कम बोकेको सेभिल्ला दोश्रो र ३८ अंकसहित बार्सिलोना तेश्रो स्थानमा रहेको छ

September 20, 2024

आयोजक चितवन गोल्डकपको क्वाटरफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]

September 20, 2024

लिस्नु झरना रनिङशिल्डको अन्तिम आठमा

सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली‌ बनेको छ । लिस्नुलाई जित […]

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]

Success

Thank you for your time.