1 year ago
November 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलमा यमनसँग पराजित भएको छ । काठमाडौं स्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २-० ले पराजित भएको हो । यमनका लागि ओमार अल दाही र मोहम्मद अल्दुल्लाह अल दाहीले दोस्रो हाफमा गोल गरेका थिए ।
नेपालले पहिलो खेल चोटका कारण गुमाएका अनन्त तामाङ र दिनेश हेन्जनलाई सुरुवात बाटै मैदानमा उतारेको थियो । खेलको सुरुवाती मौका पनि नेपालले नै पाएको थियो ।
खेलको तेस्रो मिनेटमा जिलेस्पी जंग कार्कीले बललाई पोस्टको दिशा दिने प्रयास गर्दा गोलरक्षकलाई फल गर्दा नेपालले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन ।
११ औं मिनेटमा दायाँ विंगबाट दिनेशले दिएको क्रसमा जिलेस्पीले हेडर जित्न सकेनन् । लगत्तै अर्कोतर्फ यमनको आक्रमणमा नेपाली डिफेन्सको परिक्षण भएको थियो ।
२८औं मिनेटमा दिनेश हेन्जनको कर्नरमा कसैले हेडर जित्न सकेनन् । त्यस लगत्तै यमनको काउन्टर नेपालले विफल पार्यो । एक मिनेट पछि दिनेश कै बक्स बाहिरबाट लिएको प्रहार पोस्टको धेरै टाढा बाट बाहिरियो ।
३२औं मिनेटमा अहमद महेरको प्रहार पोस्टको माथि बाट बाहिरियो । ३८औं मिनेटमा मोहम्मद अल वाजिहको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।
दोस्रो हाफको सुरुवातमै अहमद महेरको अर्को प्रहारले पनि किरणलाई दुःख दिन सकेन। ४८औं मिनेटमा दिनेशको क्रसमा अन्जन पुग्नु अघि यमन गोलरक्षक अल सदिले समाते । ५१औं मिनेटमा ओमार अल दहीको बक्स बाहिर बाट लिएको प्रहार किरणले बचाए।
५३औं मिनेटमा दिनेशको कर्नरमा उत्सव राईको फ्लिकले पोस्टको दिशा लिन सकेन । ६१औं मिनेटमा हिसुब थपलियाले सुन्दर मौका खेरा फाले । गोलरक्षक विरुद्ध वान अन वान मौका रहेकोमा उनले सिधै अल सदिको काधमा प्रहार गरे ।
६३औं मिनेटमा एरिक विष्टको फ्री किक ब्लक भयो । ६५औं मिनेटमा अल खदेर अल डोउहले बललाई जालीमा हालेका थिए तर उनलाई असिस्टेन्ट रेफ्रीले अफसाइड दिए ।
७२औं मिनेटमा ओमार अल दहीले यमनलाई अग्रता दिलाए । उनले बक्स बाहिर बाट लिएको शक्तिशाली प्रहारले जालि चुमेको थियो ।
७६औं मिनेटमा अहमद महेर अग्रता दोब्बर गर्न बाट चुके । उनको बायाँ खुट्टाले गरेको प्रहार पोस्टको केही टाढा बाट मात्र बाहिरियो ।
८७औं मिनेटमा मोहम्मद अल ताइरीको प्रहार किरणले बचाए । ९०औं मिनेटमा यमनले दोस्रो गोल गर्दै जित सुनिश्चित गर्यो । मोहम्मद अब्दुल्लाह अल दाहीले किरण माथि चिप गर्दै जित सुनिश्चित गरे ।
खेलको अन्त्यतिर नेपालले केही मौका सिर्जना गर्न खोजेपनि कुनै स्पष्ट अवसर भने बनाउन सकेन ।
खेलमा नेपाली प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले फरवार्ड राजेश परियारलाई डेब्यु दिएका थिए । उनले ७९औं मिनेटमा अन्जन विष्टको स्थान लिएर राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् ।
छनोट दोस्रो चरणको पहिलो खेलमा नेपालले युएई विरुद्ध ४-० को हार बेहोरेको थियो । छनोट अन्तर्गत तेस्रो र चौथो खेलहरु मार्चमा हुने छन् ।
January 23, 2025
एजेन्सी – जर्मनी क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगमा बुधबार नेदरल्याण्ड्सको फेयनुर्ड पराजित भएको छ । फेयनुर्डको घरेलु मैदानमा भएको खेलमा बायर्न ३-० ले पराजित भएको हो । स्यान्टियागो गिमिनेजले २ र आयसे उएदाले १ गोल गरे । खेलको २१औं मिनेटा गिमिनेजको गोलमार्फत फेयनुर्डले अग्रता लियो । पहिलो हाफको इन्ज्युरी समयमा गिमिनेजले नै पेनाल्टीमार्फत व्यक्तिगत […]
January 23, 2025
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले च्याम्पियन्स लिगमा बुधरबार इंग्लिस क्लब म्याचेस्टर सिटीविरुद्ध जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले २-० ले पछि परेको खेल उल्टाउँदै सिटीलाई ४-२ ले पराजित गरेको हो । पिएसजिको जितमा ओस्माने डेम्बेले, ब्राडली बार्कोला, जाआओ नेभेस र गोन्कालो रोमोसले गोल गरे । सिटीका लागि ज्याक […]
January 23, 2025
एजेन्सी- साविक विजेता रियल म्याड्रिड च्याम्पियन्स लिगमा बुधवार जित हासिल गरेको छ। रियललेसाल्सबर्गलाई ५-१ ले पराजित गर्यो । रोड्रिगो र भिनिसियस जुनियरले समान २ र केलियन एम्बाप्पेले१ गोल गरे । रोड्रिगोले २३ औं र ३४ औं मिनेटमा गोल गरेपछि रियलले पहिलो हाफमा २-० को अग्रता बनायो। एमबाप्पेले ४८ औं मिनेटमा गोल गरे। जुनियरले ५५ औं […]