default_image

10 months ago

November 21, 2023

अन्जलीको गोलमा गोकर्णेश्वरको जित

442 views

0 Bookmark

सुशिल पन्त, चितवन
चितवनमा मंगलबार सुरु भएको लेडी जेसिज कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका काठमाडौंले विजयी सुरुवात गरेको छ ।

नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको उद्घाटन खेलमा गोकर्णेश्वरले अभिषेक चर्च रजहरलाई १-० ले हरायो ।

गोकर्णेश्वरको जितमा अन्जली मादमसीले निर्णायक गोल गरिन् । उनले १९ औं मिनेटमा गरेको गोल नै गोकर्णेश्वरलाई जिताउन पर्याप्त भयो । खेलमा गोकर्णेश्वरले रजहरविरुद्ध लगातार दबाब बनाएको थियो । अन्जली प्लेयर अफ दि म्याच बनिन् ।

प्रतियोगितामा बुधबार ३ खेल हुनेछ । पहिलो खेलमा बिहान ८ बजे चितवन जिल्ला फुटबल संघ र नवलपुर फुटबल क्लब नवलपुर भिड्नेछन् । दोस्रो खेल दिउँसो १ बजे रौतहट महिला फुटबल एकेडेमी र बागमती खेलकुद बिकास समिति मकवानपुर भिड्नेछन् ।

यस्तै तेस्रो तथा अन्तिम खेलमा दिउँसो ३ बजे अल स्टार स्पोर्टस धनगढी र सर्लाही महिला फुटबल एकेडेमी भिड्नेछन् ।

मंसिर ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित २ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख प्राप्त गर्नेछ ।

यस्तै विधागत उत्कृष्ट खेलाडी तथा उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दर्शकका लागि सेमिफाइनलसम्मलाई ५० तथा फाइनलका लागि १ सय रुपैयाँको टिकट दर तोकिएको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.