default_image

10 months ago

November 20, 2023

लाकेनले यमनविरुद्ध खेल गुमाउने

770 views

0 Bookmark

काठमाडौं (हाम्रोखेलकुद) – फिफा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा युएई विरुद्धको खेलमा घाइते भएका मिडफिल्डर लाकेन लिम्बुले यमनविरुद्ध हुने खेल गुमाउने पक्का भएको छ ।

नेपालले समूहको दोस्रो खेलमा मंगलबार यमनको सामना गर्दैछ । खेल दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुनेछ । खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले लाकेनले खेल गुमाउने पक्का भएको बताएका हुन् ।

अर्कोतर्फ चोटका कारण युएईविरुद्धको पहिलो खेल गुमाएका डिफेन्डर अनन्त तामाङ भने खेल्ने सम्भावना छ । अनेसेले सोमबार प्रशिक्षणपछि फिटनेसको अवस्था हेरेर निर्णय लिने बताए ।

‘अनन्तको अवस्थाबारे मेडिकल टोलीले हेरेको छ, आजको प्रशिक्षणपछि अन्तिम निर्णय लिनेछ’, अनेसेले भने। अनेसेका अनुसार फरवार्ड अन्जन विष्टको अवस्था पनि टोलीले हेरिरहेको छ । मनिष डाँगीले पनि सोमबार प्रशिक्षण नगरेका कारण खेल्ने सम्भावना कम छ ।

खेलका लागि साधारणतर्फ ४०० रुपैयाँ र भिआईपी तर्फ १००० रुपैयाँ टिकट मूल्य रहेको छ । टिकट भोलि बिहान आठ बजे देखि दशरथ रंगशाला परिसरबाट लिन सकिने एन्फाले जनाएको छ । एन्फाले समर्थकका लागि घर फर्कन गाडीको समेत व्यवस्था गरेको बताएको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.