default_image

10 months ago

November 20, 2023

बेल्जियमको जितमा लुकाकुको चार गोल

850 views

0 Bookmark

एजेन्सी – युरो कप छनोट अन्तर्गत गएराति सम्पन्न समूह एफ अन्तर्गतको खेलमा बेल्जियमले अजरबैजान माथि ५-० को जित निकालेको छ। बेल्जियमको जितमा रोमेलु लुकाकुले एक्लै चार गोल गरे। अर्को गोल भने लियान्द्रो ट्रोसार्डले गरे।

१७औं मिनेटमा जेरेमी डोकुको क्रसमा हेडर गोल गर्दै लकाकुले खेलमा अग्रता दिलाए। २४औं मिनेटमा एडी इश्राफिलोभ रातो कार्ड खाँदै मैदान बाहिरिएपछि अजरबैजान १० खेलाडीमा सीमित भयो।

त्यसपछि लुकाकुले पहिलो हाफमा तीन गोल थपे। उनको दोस्रो गोल २६औं मिनेटमा आयो। टिमोथी कास्टाग्नेको पासमा उनले सहज गोल गरेका थिए। ३०औं मिनेटमा वाउट फेयसको पासमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरे।

३७औं मिनेटमा ओरेल मंगालाको पासमा उनले व्यक्तिगत चौथो गोल गरे।

चार गोल गरेपछि उनले हाफ टाइममा मैदान छाडेका थिए। खेलको पाँचौं गोल भने ट्रोसार्डले खेलको अन्त्य तिर गरे।

जित पछि बेल्जियम अपराजित रहँदै युरो कपका लागि छनोट भएको छ। समूहको ८ खेलमा ६ जित र २ बराबरी सहित बेल्जियमको २० अंक रह्यो। यस्तै अष्ट्रिया १९ अंक सहित दोस्रो रहँदै छनोट भएको छ।

स्वीडेनको १० अंक रहँदा अजरबैजानको ७ अंक रह्यो भने इस्टोनियाले १ अंक सहित छनोट यात्रा समाप्त गरेको छ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.