default_image

10 months ago

November 19, 2023

किराँत गोल्डकप – पाँचथर र मितेरीबीच उद्घाटन खेल हुने

815 views

0 Bookmark

दिपक बोहोरा ,पाँचथर
प्रथम किराँत गोल्डकपको खेलतालिका सर्वजजिक भएको छ ।

पाँचथर फुटबल क्लबको आयोजनामा मंसिर १६ गते सुरु हुने प्रतियोगिताको सामाजिक सञ्जालमार्फत आइतबार खेलतालिका सार्वजनिक गरेको हो ।

फिदिम माविको निर्माणाधिन खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर फुटबल क्लब र मितेरी फुटबल क्लब तेह्रथुम बीच प्रतिस्पर्धा हुनेछ ।

ए डिभिजन क्लब हिमालय शेर्पा सहित ८ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछ । मंसिर १७ गते रेडहर्स फुटबल क्लब इलाम र बिर्तामोड युनाइटेट क्लब झापाबीच प्रतिस्पर्धा हुने छ ।

मंसिर १८ गते डि.एफ.सि मोरङले युनाइटेड फुटबल क्लब दार्जिलिङ भारत सँग खेल्ने छ । १९ गते कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङले ए डिभिजन क्लब हिमालय शेर्पाको सामना गर्ने ।

यस्तै, मंसिर २० गते पाँचथर र मितेरीबीचको विजेता तथा डिएफसी मोरङ र युनाइटेडबीचको विजेताबीच पहिलो सेमिफाइनल हुने छ ।

अन्तिम सेमिफाइनल २१ गते रेडहर्स र बिर्तामोडबीचको विजेता तथा कर्णसिंह र हिमालय शेर्पाबीचको विजेताबीच हुनेछ । मंसिर २३ गते गोल्डकपको फाइनल हुने पाँचथर फुटबल क्लब का अध्यक्ष अनुराग मगरले बताए ।
गोल्डकपको उपविजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने छ । सर्वोत्कृष्ट खेलाडीले १० हजार र म्यान अफ दि सिरिजले २५ हजार पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.