default_image

10 months ago

November 18, 2023

थङथिलो मैदानमा गोल्डकपको तयारी

1103 views

0 Bookmark

दिपक बोहोरा ,पाँचथर
सदमरमुकाम फिदिम माविको स्वामित्वमा रहेको खेल मैदानको पर्खाल २०७६ श्रावणमभत्किएको थियो । त्यसपछि पाँचथर ठूला खेल प्रतियोगिताहरु बन्द भए । स्वभाविक थियो त्यहि कारण फाल्गुनन्द गोल्डकप र पाँचथर गोल्डकप हुन सकेन ।


फाल्गुनन्द गोल्डकप १० औं संस्करणमा पुगेर रोकियो । पाँचथर गोल्डकपको चौथो संस्करणमै बेक्र लाग्यो । २०७६ यता फिदिममा ठूला मानिएका फुटलब प्रतियोगिता भएको छैन । २०७७ सालको माघ महिनामा सोही खेल मैदानलाई सुविधासम्पन्न खेलमैदानका बनाउने भन्दै १० करोड ७९ लाख रुपैयाँको ठेक्का लागेको थियो ।

निर्माणको जिम्मा पिएस किराँतेश्वर मैनाचुली जेभीले पायो । दिनहरु बिते, वर्षहरु बिते तर खेलमैदान निर्माणको कामले गती लिएन । म्याद पनि थपियो । थपिएको म्याद सकिदा पनि खेलमैदान निर्माणको कामको प्रगति समान्य मात्र छ ।

३० वटा सटरसहित सपिङ कप्लेक्स एवंम् सुविधा सम्पन्न खेलमैदानको काम अघि बढाइए पनि खेलमैदानको निर्माण कार्य हालसम्म भौतिकतर्फ ४० र वित्तियतर्फ ३१ प्रतिशत मात्रै प्रगति भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले बताए ।

बेबारिसे अवस्थामा रहेको खेलमैदान फिदिम नगरपालिकाले ठेकेदार कम्पनी संग पटक पटक पहल गर्दा अहिले मैदानमा अभ्यास गर्न सम्म मिल्ने भएको छ । यस्तो निर्माणधिन ‘थङथिलो’ मैदानमा अन्तर्राष्ट्रिय गोल्डकप आयोजना गर्ने तयारी गरिएको छ ।

पाँचथर फुटबल क्लबको नाममा भर्खर दर्ता भएको क्लबले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार राशि भएको गोल्डकप फिदिम माविको निर्माणाधिन खेलमैदानमा मसिंर १५ देखि २३ सम्म आयोजना गर्ने जानकारी दिएको हो । गोल्डकपको नाम ‘किरात गोल्डकप’ राखिएको छ । प्रतियोगितालाई वाइवाइले प्रायोजन गरेको बताइएको छ ।

क्लबका अध्यक्ष अनुराग मगरले यो पाँचथरको सर्वाधिक राशी रहेको प्रतियोगिता हुने बताए । प्रतियोगितामा ए डिभिजन क्लब हिमालयन शेर्पा क्लब सहित ८ टोलीको सहभागिथता रहने बताइएको छ । शेर्पासँगै, दार्जलिङ एफसी भारत, कर्णसिंह सोनाम स्मृति फुटबल क्बल ताप्लेजुङ, विर्तामोड युनाईटेड झापा, डिएफसी मोरङ, रेडहर्स क्लब इलाम, मितेरी फुटबल क्बल तेह्रथुमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

जिल्ला फुटबल संघ पाँचथरले फिदिम माविको खेलमैदानमा अहिलेको अवस्थामा ठूला र स्तरिय प्रतियोगिता आयोजना गर्न नसकिने बताउँछ । फुटबल संघ पाँचथरका अध्यक्ष गणेश राईले खेलमैदानको अवस्था नाजुक रहेकाले आयोजक क्बलले ‘गोल्डकप’ आयोजना गर्न हतार तर्क गरे । आयोजक क्लबले खेलमैदान सुधार गरेर प्रतियोगिता आयोजना गर्ने जानकारी फुटबल संघलाई दिएको अध्यक्ष राईले बताए ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.