default_image

11 months ago

November 18, 2023

प्रथम झापा लिग – हल्दिबारी र बिर्तामोडबीच उद्घाटन खेल हुने

611 views

0 Bookmark

हिमाल खरेल, भद्रपुर
भद्रपुर झापा गोल्डकपको आयोजनामा हुन लागेको ओम साई पाथिभरा हस्पिटल प्रथम झापा लिगको खेल तालिका सार्वजनिक भएको छ ।

गोल्डकपको सचिवालय भद्रपुरस्थित मेची रंगशालामा शनिबार प्रतियोगितामा सहभागी पालिकाका प्रतिनिधिको उपस्थितिमा खेल तालिका सार्वजनिक गरिएको हो ।

झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाबीच हुने प्राविधिक संयोजक भगिरथ आले (मामा)ले बताए ।

फागुनमा भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले यही मंसिर ७ गतेदेखि झापा लिग गर्न लागेको हो । प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुनेछ ।

भद्रपुरको मेची रंगशालामा हुने झापा लिग १८ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने अध्यक्ष दिपेश ढिकालले जानकारी दिए ।

झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । गौरीगञ्ज गाउँपालिका भने सहभागी भएन ।

१५ वटा टिमलाई चारवटा समूहमा विभाजन गरी खेलाइने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति, समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह छन्।त्यस्तै समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा छन् ।

प्रत्येक समूहका विजेता र उपविजेता क्वार्टर फाइनल प्रवेश गर्नेछन् सुरु । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन् ।

खेल तालिका सार्वजनिक कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, एएफसीका विकास अधिकृत पुरुषोत्तम कट्टेल, एन्फाका टेक्निकल डाइरेक्टर हरि खड्का, गोल्डकपका प्रमुख सल्लाहकार टिकाराज ढकाल लगायतको उपस्थिति थियो ।

प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० ,उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले समान ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा झण्डै ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

Success

Thank you for your time.