default_image

11 months ago

November 17, 2023

स्पेनको सहज जित

646 views

0 Bookmark

एजेन्सी – युरो कप छनोट अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेन विजयी भएको छ ।

स्पेनले साइप्रस माथि ३-० को सहज जित हात पारेको हो । स्पेनको जितमा लामिन यमाल, मिकेल ओयारजाबाल र जोसेलुले एक एक गोल गरेका हुन् ।

तीन गोल नै पहिलो हाफमा भएको थियो । खेलमा अग्रता बार्सिलोनाका युवा खेलाडी यमालले खेलको पाँचौं मिनेटमा दिएका थिए । मिकेल मेरीनोको क्रस जोसेलुले मिस गरेपछि यमालले सम्हालिदै गोल गरे ।

ओयारजाबालले २२औं मिनेटमा अग्रता दोब्बर बनाए । डेब्यु गरिरहेका एलेक्स ग्रिमाल्डोको पासमा उनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । सुरुमा गोललाई अफसाइड दिइएपनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले गोल मान्य भएको थियो ।

यस्तै खेलको तेस्रो गोल जोसेलुले २८औं मिनेटमा गरे । ओयारजाबालको कर्नरमा जोसेलुले फारपोस्टमा गोल गर्दै अग्रता बढाउँदै जित सुनिश्चित गरे ।

यस्तै सोही समूहमा भएको अर्को खेलमा स्कटल्याण्ड र जर्जिया बीचको खेल २-२ गोलको बराबरीमा सकियो ।

समूहमा स्पेन सात खेलमा १८ अंक सहित शीर्ष स्थानमा भने दोस्रो स्थानमा रहेको स्कटल्यान्डको भने १६ अंक रहेको छ । नर्वेको भने समान सात खेलमा १० अंक रहेको छ । सात खेलमा जर्जियाको ८ अंक रहँदा ८ खेल खेलिसकेको साइप्रसको कुनै अंक छैन । यस समूह बाट स्पेन र स्कटल्याण्ड आउँदो वर्ष जर्मनीमा हुने युरो कपका लागि छनोट भइसकेका छन् ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.