default_image

1 year ago

November 17, 2023

अर्जेन्टिना र ब्राजिल दुवै पराजित

2283 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२६ छनोट अन्तर्गत कन्मेबोल अर्थात् दक्षिण अमेरिकी छनोटका खेलमा दुई महारथी अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् ।

अर्जेन्टिनाले उरुग्वे विरुद्ध हार बेहोर्दा ब्राजिल भने कोलम्बिया विरुद्ध पराजित भएको हो । अर्जेन्टिनाको घरेलु मैदान ला बम्बनेरामा भएको खेलमा पाहुना टोली उरुग्वेले २-० को जित हात पारेको हो । उरुग्वेका लागि बार्सिलोनाका डिफेन्डर रोनाल्ड आराउहो र लिभरपुलका डार्विन नुनेजले एक एक गोल गरे ।

अनुभवी प्रशिक्षक मार्सेलो बिएल्साको प्रशिक्षणमा गत महिना ब्राजिल विरुद्ध सहज जित निकालेको उरुग्वेका लागि ४१औं मिनेटमा आराउहोले अग्रता दिलाएका थिए । माटियास भिनाको क्रसमा राम्रो फिनिश गर्दै उनले अग्रता दिलाएका थिए । खेलको दोस्रो गोल भने ८७औं मिनेटमा नुनेजले गरे । निकोलस डे ला क्रुजको थ्रु-पासमा उनले गोल गर्दै जित सुनिश्चित गरे ।

जित पछि उरुग्वे तालिकाको दोस्रो स्थानमा छ । उरुग्वेको पाँच खेलमा ३ जित, १ बराबरी र १ हारसहित १० अंक पुगेको छ । पराजित अर्जेन्टिनाको भने पाँच खेलमा चार जित सहित पहिलो स्थानमा छ ।

यस्तै अर्को खेलमा कोलम्बियाले ब्राजिल विरुद्ध पुनरागमन जित निकालेको हो । ब्राजिलले खेलको चौथो मिनेटमा नै ग्याब्रिएल मार्टीनेलीको गोल बाट अग्रता लिएको थियो। तर खेलको अन्त्यतिर सम्हालिन नसक्दा ब्राजिल पराजित हुन पुग्यो ।

लिभरपुलका विंगर लुईस डीयाजले खेलको ७५औं र ७९औं मिनेटमा दुई गोल गर्दै खेलमा आफ्नो टोलीको पुनरागमन गराए ।

हार पछि ब्राजिल ५ खेलमा २ जित, १ बराबरी र २ हार सहित ७ अंक बटुल्दै पाँचौं स्थानमा छ । कोलम्बिया भने ५ खेलमा २ जित र तीन बराबरी सहित अपराजित रहँदै ९ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

April 28, 2025

लिभरपुललाई‌ प्रिमियर लिग उपाधि

एजेन्सी – लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। टोटेनहम हटस्परलाई आइतवार ५–१ ले पराजित गरेसँगै लिभरपुलले उपाधि पक्का गरेको हो । दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम ५ खेलबाट मात्र १ अंक आवश्यक थियो । टोटेनहमका डोमिनिक सोलाङ्केले खेलको १२ औं मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे । तर त्यो अग्रतालाई‌ जोगाउन […]

April 27, 2025

गोदावरी मेयर कप यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- गोदावरी नगरपालिकाको आयोजनामा दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिता शनिवारबाट सुरु हुने भएको छ । काठमाडौ उपत्यकामा रहेका २१ पालिकामध्ये हालसम्म आयोजक गोदावरी सहित ११ वटा पालिकाको सहभागिता निश्चित भइसकेको गोदावरी नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर १४ का वडा अध्यक्ष निरोज बज्राचार्यले आइतवार पत्रकार सम्मेलनमा जानकारी दिए । […]

April 27, 2025

महिला फुटबल टोलीको प्रशिक्षणमा ४८ खेलाडी बोलाइए

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण अर्को साता सुरु हुने भएको भएको छ। एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोट चरणका लागि बैशाख २१ गते (मे ४ ) देखि बन्द प्रशिक्षण सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणका लागि प्रारम्भिक टोलीमा ४८ खेलाडीको […]

Success

Thank you for your time.