default_image

10 months ago

November 16, 2023

युएईविरुद्ध खेल्ने सुरुवाती ११ सार्वजनिक

4603 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा युएई विरुद्ध खेल्ने सुरुवाती ११ सार्वजनिक भएको छ ।

नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुबई स्थित अल-मक्टूम रंगशालामा हुने खेलमा लागि सुरुवाती ११ सार्वजनिक गरेका हुन् ।

नियमित रक्षक अनन्त तामाङको चोटका कारण भएको अनुपस्थितिमा छिरिङ लामाले राष्ट्रिय टोलीबाट डेब्यु गर्दै छन् । उनले गत सिजनको ए डिभजन लिगमा जावलाखेल युथ क्लब बाट खेलेका थिए । रक्षापंक्तिमा रोहित चन्दले उनको साथ दिने छन् । यस्तै रक्षापंक्तिमा सनिस श्रेष्ठ र आशिष चौधरी रहने छन् ।

मिडफिल्डमा उत्सव राई, लाकेन लिम्बु र सेसेहाङ आङदेम्बे रहने छन्। सेसेहाङले नोभेम्बर २०२२ मा काठमाडौंमा भएको पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलपछि पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्न लागेका हुन्।

यस्तै फरवार्ड लाइनमा मनिष डाँगी, जिलेस्पी जंग कार्की र अन्जन विष्ट रहने छन्। अन्जनलाई आज नेपालका लागि सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाउने मौका रहेको छ। उनले हरी खड्का र निराजन रायमाझी सँगै १३ गोल गरेका छन्।

नेपालले पहिलो चरणमा लाओस विरुद्ध जित निकाल्दै दोस्रो चरणमा स्थान बनाएको हो। नेपालले दोस्रो चरणको दोस्रो खेल नोभेम्बर २१ मा यमन विरुद्ध काठमाडौंमा खेल्ने छ।

नेपालको सुरुवाती ११:

किरण चेम्जोङ (कप्तान, गोलकिपर), सनिस श्रेष्ठ, रोहित चन्द, छिरिङ लामा, आशिष चौधरी, लाकेन लिम्बु, उत्सव राई, सेसेहाङ आङदेम्बे, मनिष डाँगी, जिलेस्पी जंग कार्की, अन्जन विष्ट

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.