default_image

10 months ago

November 13, 2023

लिभरपुल दोस्रो स्थानमा उक्लियो

836 views

0 Bookmark

एजेन्सी – लिभरपुल इंग्लिस प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ब्रेन्टफर्ड माथि आइतबार ३-० को सहज जित निकाल्दै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो।

लिभरपुलको जितमा मोहम्मद सालाहले २ र डिएगो जोटाले १ गोल गरे। खेलको ३९औं मिनेटमा लिभरपुलले सालाहको गोल बाट अग्रता लियो। डार्विन नुनेजको पासमा सालाहले राम्रो फिनिस गर्दै खेलमा अग्रता दिलाए।

दोस्रो गोल सालाहले नै ६२औं मिनेटमा गरे। कोस्टास सिमिकासको क्रसमा सालाहले सहज हेडर गोल गरेका थिए। ७४औं मिनेटमा सिमिकासकै पास लिएर जोटाले बक्सको छेउ बाट सानदार गोल गर्दै जित सुनिश्चित गरे।

लिभरपुलको १२ खेलमा २७ अंक पुगेको छ। पहिलो स्थानमा रहेको म्यानचेस्टर सिटीको २८ अंक छ। पराजित ब्रेन्टफर्डको १६ अंक छ।

वेस्ट ह्याम र एस्टन भिल्लाको जित

सोही समयमा भएका खेलमा वेस्ट ह्याम र एस्टन भिल्लाले पनि जित निकालेका छन्।

भिल्लाले फुलह्याम माथि ३-१ को सहज जित निकालेको हो। भिल्लाको जितमा ओल्ली वाटकिन्स र जोन मक्गिनले समान १ गोल गर्दा अर्को गोल भने आत्मघाती थियो।

भिल्ला १२ खेलमा २५ अंक सहित पाँचौं स्थानमा छ। पराजित फुलह्याम भने १२ अंक सहित १६औं छ।

वेस्ट ह्यामले नटिङ्घम फरेस्ट माथि ३-२ को रोमाञ्चक जित निकाल्यो। वेस्ट ह्यामको जितमा लुकास पाकेटा, ज्यारड बावेन र थोमस सुचेकले गोल गरे। फरेस्टका लागि टाइवो अवोनिवि र एन्थोनी इलांगाले गोल गरेका थिए।

अर्को खेलमा ब्राईटन र सेफिल्ड युनाइटेडले १-१ को बराबरी खेलेका छन्।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.