default_image

10 months ago

November 13, 2023

चेल्सी र म्यानचेस्टर सिटीको रोमाञ्चक बराबरी

1008 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार चेल्सी र म्यानचेस्टर सिटीले रोमाञ्चक बराबरी खेलेका छन्। चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेल ४-४ को बराबरीमा टुङ्गिएको थियो ।

२५औं मिनेटमा एर्लिङ हालान्डले पेनाल्टी मार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। चेल्सी डिफेन्डर कुकुरेलाले हालान्ड माथि नै फाउल गरेपछि सिटीले पेनाल्टी पाएको थियो। पेनाल्टीमा हालान्डले कुनै गल्ती गरेनन्।

चेल्सीका २९औं मिनेटमा नै बराबरी गोल गर्यो। डिफेन्डर थियागो सिल्भाले कनर ग्यालाघरले लिएको कर्नरमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए।

३७औं मिनेटमा चेल्सीले अग्रता लियो। सिटी डिफेन्डर रूबेन डियासले गल्ती गरेपछि चेल्सीका रिस जेम्सले दिएको पासमा पूर्व सिटी खेलाडी रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। तर पहिलो हाफको अन्त्य तिर सिटीले पुनः बराबरी गोल गर्यो।

बर्नार्डो सिल्भाको क्रसमा मानुएल आकान्जिले हेडर गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए। दोस्रो हाफको सुरुवात मै सिटीले अग्रता लियो। हालान्डले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई अग्रता दिलाए।

६७औं मिनेटमा चेल्सीको पुनः बराबरी गर्यो। ग्यालाघरको लामो दूरी बाट गरेको प्रहार सिटी गोलरक्षक एडरसनले बचाएपछि रिबाउन्डमा निकोलस ज्याक्सनले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

८६औं मिनेटमा सिटीले फेरि पनि खेलमा अग्रता लियो। रोड्रीकोले बक्स बाहिरबाट लिएको प्रहार चेल्सी डिफेन्डर थिएगो सिल्भाको खुट्टामा लागेर गोल भएको थियो। सिटीले यस समयमा जित सुनिश्चत गरेको अनुभूति गरेको थियो।

तर इन्ज्युरीमा सिटी डिफेन्डर रुबेन डियासले अर्मान्डो ब्रोजामाथि फाउल गरेपछि चेल्सीले बराबरी गर्ने अर्को मौका पायो। यहि सिजन सिटीबाट चेल्सी गएका कोल पालमरले पेनाल्टीमा गोल गर्दै खेललाई ४-४ को स्थितिमा ल्याए।

बराबरी पछि सिटी १२ खेलमा २८ अंक सहित पहिलो स्थानमा यथावत छ। चेल्सी भने १२ खेलमा १६ अंक सहित १०औं स्थानमा छ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.