default_image

10 months ago

November 12, 2023

पुलिसलाई वीरगन्ज गोल्डकपको उपाधि

1055 views

0 Bookmark

वीरगञ्ज (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रथम वीरगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको को उपाधि जितेको छ ।

त्रिभुवन आर्मी फुटबल क्लबलाई शनिबार टाइब्रेकरमा २–० ले पराजित गर्दै पुलिसले च्याम्पियन बनेको जिते हो ।
वीरगञ्जको आदर्शनगर खेल मैदानमा भएको फाइनल खेलमा दुई बलियो टिमबीचको प्रतिस्पर्धा शुरुदेखि नै रोमाञ्चक बनेको थियो ।

दुबै टोलीका खेलाडीले पटक पटक गोल गर्ने प्रयास गरेपनि सफलता भने मिलेन । निर्धारित ९० मिनेट र थप गरिएको समयमा समेत गोल रहित बराबरीमा टुंगिएपछि नतिजा टाइब्रेकरबाट लिईएको थियो ।

पेनाल्टी सुट आउटमा पुलिसका राम वाजे र बुद्ध तामाङले गोल गरेका थिए । आर्मीका‌ कुनै खेलाडीले गोल गर्न सकेनन्।

पुलिसका गोलकिपर शत्रुधन चौधरी फाइनलको‌ म्यान अफ दि म्याच घोषित भए र उनले १० हजार रुपैयाँ पाए ।

पुलिसले आयोजक भेट्रान सिटी क्लब वीरगञ्जलाई सडन डेथमा र आर्मीले संकटा क्लबलाई हराएर फाइनल भेट पक्का गरेको थिए ।

पुलिसले उपाधि सहित ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक र आर्मीले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो ।

पुलिसका प्रताप गुरुङले सर्वोत्कृष्ट खेलाडी चुनिए र उनले ५० हजार रुपैयाँ पाए। पुलिसका शत्रुधन उत्कृष्ट गोलकिपर, आर्मीका विमल पाण्डे उत्कृष्ट डिफेन्डर,पुलिसका उज्जवल राई उत्कृष्ट मिडफिल्डर, पुलिसका चेतन घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्टले समान २० हजार रुपैयाँ र ट्रफी हात पारे ।

वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालित मधेस प्रदेशकै सर्वाधिक धनराशीको प्रतियोगिताको विजेता र उपविजेता टोलीका खेलाडीलाई वीरगन्जका मेयर राजेशमान सिंह र उप मेयर इम्तियाज आलमले पुरस्कार प्रदान गरे।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.