1 year ago
November 11, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन्।
म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई १-० को झिनो अन्तरले हराएको छ। युनाइटेडका जितमा डिफेन्डर भिक्टर लिन्डेलफले एक मात्र गोल गरेका हुन्। गोल खेलको ५९औं मिनेटमा भएको थियो।
मार्कस रासफर्डको क्रसमा स्कट मक्टोमिनेले प्रहार गर्न नसकेपछि लिन्डेलफको सामु आएको बलमा उनले गोल गरेका थिए।
जित पछि युनाइटेड १२ खेलमा २१ अंक सहित छैठौं स्थानमा उक्लिएको छ। पराजित लुटन भने ६ अंक सहित १८औं स्थानमा छ।
शनिबार नै भएको अर्को खेलमा आर्सनलले बर्नली माथि ३-१ को जित निकालेको छ। आर्सनल जितमा लेयान्ड्रो ट्रोसार्ड, विलियम सालिबा र ओलेक्जेन्डर जिन्चेन्कोले गोल गरेका हुन्।
पहिलो हाफको अन्तिम समयमा बुकायो साकाको पासमा ट्रोसार्डले गोल गर्दै खेलमा अर्सनललाई अग्रता दिलाएका थिए। तर बर्नलीका जोस ब्राउनहिलले बराबरी गोल गरेका थिए। त्यसपछि आर्सनलले २ गोल थप्दै जित हासिल गर्यो।
ट्रोसार्डको पासमा सालिबाले गोल गर्दै खेलमा आर्सनललाई अग्रता दिलाए। ७४औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै जित सुनिश्चित गरे।
जित पछि आर्सनल १२ खेलमा २७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। पराजित बर्नली ४ अंक सहित १९औं स्थानमा छ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]