default_image

10 months ago

November 11, 2023

अन्तिममा सम्हालिन नसक्दा टोटनहम पराजित

959 views

0 Bookmark

एजेन्सी – दुई साता अघिसम्म सम्म इंग्लिस प्रिमियर लिगमा अपराजित रहेको टोटनहम हटस्पर लगातार दुई खेलमा पराजित भएको छ।

गत साता चेल्सीसँग पराजय भोगेको टोटनहमले शनिबार वल्भसलाई २-१ को नतिजा सुम्पेको छ।

निलम्बन र चोटहरूका कारण पहिलो रोजाइका धेरै खेलाडी बिना मैदान उत्रिएको टोटनहमले खेलमा अग्रता तेस्रो मिनेटमा नै लिएको थियो। पेड्रो पोर्रोको पासमा ब्रेनन जोन्सनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि भने टोटनहमले खेलमा प्रभुत्व जमाउन सकेन। त्यसपछि वल्भसले खेलमा मौका सृजना गर्न थाल्यो। ३३औं मिनेटमा मारियो लेमिनाको प्रहार टोटनहम गोलरक्षक भिकारियोले राम्रो बचाउ गरे।

पहिलो हाफको अन्तिम तिर लेमिनाको हेडर बेन डेभिसले ब्लक गरे। ५३औं मिनेटमा ऐट-नुरीको पासमा म्याथियस कुन्हाको प्रहारले पोस्टको दिशा लिन सकेन। ५५औं मिनेटमा ह्वांग हि- चानको प्रहारले पनि पोस्टको दिशा लिन सकेन।

८१औं मिनेटमा म्याट डोहर्टीको प्रहार पनि डेविसले ब्लक गरे।धेरै मौका खेरा फालेको वल्भसले खेलको समयमा दुई गोल गर्दै जित ३ अंक जोड्यो।

इन्ज्युरी समयको पहिलो मिनेटमा कुन्हाको पासमा पाब्लो साराबियाले गोल गर्दै खेल बराबरीमा ल्याए थिए। त्यसको ६ मिनेट पछि भने वल्भसले अर्को गोल गर्दै जित हासिल गर्यो। साराबियाको थ्रु-पासमा लेमिनाले गोल गर्दै टोलीलाई जित दिलाए।

टोटनहम १२ खेलमा २६ अंकका साथ दोस्रो स्थानमा छ। वल्भस १२ खेलमा १५ अंक सहित १२औं स्थानमा उक्लिएको छ। प्रिमियर लिगमा आज थप ४ खेल हुँदै छन्।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.