default_image

10 months ago

November 9, 2023

अष्ट्रेलियाबाट एनएसएल खेल्न आएका दिनेश प्रहरी हिरासतमा!

29692 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो सिजन खेल्न अष्ट्रेलियाबाट आएका डिफेन्डर दिनेश राजवंशी प्रहरी हिरासतमा रहेको खुल्न आएको छ ।

एनएसएलको पोखरा थन्डर्सले शुक्रबार दिनेशलाई नेपालमा स्वागत गरेको थियो । त्यसयता केहि दिन क्लबसँगै प्रशिक्षण गरेका दिनेशले राष्ट्रिय टोलीविरुद्ध भएको मैत्रीपूर्ण खेलमा पनि सभागिता जनाएका थिए । तर त्यसपछि उनी क्लबको प्रशिक्षणमा सहभागी थिएनन् ।

स्रोतका अनुसार दिनेशसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बुधबार राती दरबारमार्ग क्षेत्रमा उनीहरुले अभद्र व्यवहार गरेको आरोप रहेको छ । दिनेश हाल प्रहरी वृत्त दरबारमार्गको हिरासतमा रहेको प्रहरी स्रोतले हाम्रो खेलकुदलाई जानकारी दियो ।

दिनेशसहित ४ जानमाथि अभद्र व्यवहारको मुद्दा परेको छ । थप अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न विहीबार अदालतले ७ दिनको म्याद थप गरिसकेको छ । उनी अब कम्तिमा अर्को सातासम्म प्रहरी हिरासतमै रहने भएका छन् ।

दिनेश यसअघि राष्ट्रिय टोलीमा रहँदा अनुशासन तोडेको कारण एन्फाको कारवाहीमा पनि परेका थिए । ४ वर्षअघि दिनेशसहित ४ खेलाडीले राष्ट्रिय टोलीको क्याम्प छोडेर बाहिर गएका कारण एन्फाले कारवाही गरेको थियो । त्यसबेला दिनेशले राष्ट्रिय टोलीबाट बाहिर रहनुका साथै १३ औं दक्षिण एसियाली खेलकुद र ए डिभिजन लिगमा पनि केहि खेल गुमाएका थिए ।

पोखराले उनलाई संस्करणका लागि दिनेशलाई आफ्नो आईकोनिक खेलाडीको रुपमा सार्वजनिक गरेको थियो । उनले भर्खरै अष्ट्रेलियाको भिक्टोरिया स्टेट लिगमा यति एफसीबाट खेलेका थिए ।

अघिल्लो सिजन ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले अनुबन्ध गरेपछि दिनेशले जनवरी २०२३ मा नेपाल छोडेर अस्ट्रेलिया गएका थिए । उनले लिग सुरु हुनुअघि नै नेपाल छाडेका थिए ।

अष्ट्रेलिया जान महासागर पार गर्नुअघि दिनेश नेपाली राष्ट्रिय टोलीको नियमित सदस्य थिए । उनले नेपालको तर्फबाट २६ खेल खेलिसकेका छन् जसमा २४ खेलमा सुरुवाती रोजाईमा रहेरै खेलेका छन् ।

उनले २०७८ को ए डिभिजन लिग सिजन मनाङ मर्स्याङ्दी क्लबको प्रतिनिधित्व गरेका थिए। उनले त्यस लिग सिजनको सबै १३ खेलमा हरेक मिनेट खेलेका थिए। उनले एनएसएलको पहिलो संस्करणमा धनगढी एफसीको प्रतिनिधित्व गरेका थिए ।

पोखराले आयुष घलानलाई मार्की साइनिङ गरिसकेको छ । ९ टोलीको सहभागितामा मंसिर ८ गते एनएसएल सुरु हुँदैछ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.