default_image

10 months ago

November 9, 2023

एन्फा विशेष साधारण सभा- उद्घाटन विना नै बन्द सत्र सुरु

1163 views

0 Bookmark

मकवानपुर (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा हेटौंडामा कडा सुरक्षा व्यवस्थाबीच सुरु भएको छ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्ती सम्बन्धि एकमात्र एजेण्डाको नियर्णका लागि विशेष साधारण सभा डाकिएको हो ।

बिहान ८ बजेका लागि डाकिएको सभा झण्डै चार घण्टा ढिला सुरु भएको हो । २०७९ असार ६ गते निर्वाचित एन्फा अध्यक्ष नेम्वाङले डेढ वर्ष नपुग्दै अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने भएको हो । हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा उद्घाटन सत्र सुरु नगरी सभालाई अगाडि बढाइएको छ ।

नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएका कारण उनले अध्यक्षता गर्न नमिल्ने र वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले अध्यक्षता गर्न नमानेपछि सभाको उद्घाटन सत्र नै भएन । ‘उद्घाटन सत्र नगरि सिधै बन्द सत्रमा गएर अध्यक्षविरुद्धको अविश्वासको प्रस्ताबमाथि छलफलसँगै मतदान गर्ने तयारी भइरहेको छ ’, एन्फाका एक केन्द्रीय सदस्यले भने ।

सभाको सुरक्षाका लागि व्यापक प्रहरी परिचालन गरिएको छ । एन्फा इतिहासमा अविश्वासको प्रस्ताव सामना गर्ने नेम्वाङ पहिलो अध्यक्ष हुन् । एन्फा कार्यसमितिको असोज १७ गते बसेको बैठकले विशेष साधारण सभामा एक मात्र विषय सुचीका रुपमा नेम्बाङको बर्खास्तीका सम्बन्धमा निर्णायार्थ पेश गर्ने निर्णय गरेको थियो ।

भदौ २५ गते एन्फाका ४९ सदस्य संस्थाले अध्यक्ष नेम्बाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै प्रस्ताव पेश गरेको थिए । महासचिव राईको बर्खास्तीको विषयमा अध्यक्षको प्रस्तावमा मात्र कार्यसमितिलले निर्णय गर्ने अधिकार क्षेत्रमा पर्ने भएकोले महासचिवको बर्खास्त प्रस्ताव साधारण सभामा प्रस्तुत नगर्ने निर्णय पनि बैठकले गरेको थियो ।

एन्फाका १ सय ५ मध्ये ८७ संस्थाका प्रतिनिधिसँग मताधिकार रहेको छ । बर्खास्तीको पक्षमा दुई तिहाई पुगेमा अध्यक्ष नेम्बाङ पद मुक्त हुनेछन् । विशेष साधारण सभा रोक्न माग भएपनि उच्च अदालत पाटनले अन्तरिम आदेश जारी नहुने आदेश दिएसँगै आज सभा हुन लागेको हो ।

सहिद स्मारक बी डिभिजन टोली मध्पयुर युथ एसोसियनका सह सचिव सुनिल श्रेष्ठले एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसहित महासचिव किरण राई र र प्रवक्ता सरेश शाहलाई विपक्षी बनाई असोज २५ गते दायर गरेको विशेष साधारण सभा रोक्न अन्तरिम आदेश मागसहितको रिट दायर गरेका थिए । उच्च अदालतले कात्तिक १६ गते अन्तरिम आदेश जारी नहुने आदेश गरेको थियो ।

विशेष सधारण सभा निरिक्षणका लागि एसियाली फुटबल महासंघ (एएफसी) बाट सोनम जिग्मे र पुरुषोत्तम कडेल तथा फिफा प्रतिनिधि प्रिन्स रुफुसको उपस्थिति रहेको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.