default_image

10 months ago

November 9, 2023

रियल म्याड्रिडको सहज जित

1280 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह सी अन्तर्गतको खेलमा रियल म्याड्रिडले जित हासिल गरेको छ ।

रियलले पोर्चुगिज क्लब ब्रागा विरुद्ध ३-० को सहज जित निकालेको हो। रियलको जितमा ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरेका हुन्।

खेलमा अग्रता लिने सुरुवाती अवसर भने ब्रागाले पाएको थियो। लुकास भास्केजले बोर्जा माथि बक्स भित्र फाउल गरेपछि ब्रागाले पेनाल्टी पाएको थियो। तर अल्भारो जालोको पेनाल्टी रियलका गोलरक्षक लुनिनले बचाए।

रियलले अग्रता भने २७औं मिनेटमा लिएको थियो। रोड्रिगोको पासमा डियाजले गोल गर्दै अग्रता दिलाएका थिए। भिनिसियसले ५८औं मिनेटमा भास्केजको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए।

यस्तै ६१औं मिनेटमा भिनिसियसको पासमा रोड्रीगोले गोल गर्दै खेलमा रियलको जित सुनिश्चित गरे।

यस्तै सोही समूहमा गएराति नै नापुली र युनियन बर्लिन १-१ को बराबरी खेलेका छन्।

यस समूह बाट रियल ४ खेलमा १२ अंक जोड्दै दोस्रो चरणमा प्रवेश गरेको छ। दोस्रो स्थानमा रहेको नापोलिको ४ खेलमा ७ अंक छ। तेस्रो स्थानमा रहेको ब्रागाको ३ अंक रहँदा बर्लिनको १ अंक मात्र छ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.