default_image

11 months ago

November 9, 2023

च्याम्पियन्स लिगमा युनाइटेडको हार

1164 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ए को खेलमा म्यानचेस्टर युनाइटेडले हार बेहोरेको छ । १० जनामा सिमित म्यानचेस्टर युनाइटेडले रोमाञ्चक खेल एफसी कोपनहेगन विरुद्ध ४-३ को हार बेहोरेको हो ।

युनाइटेडले खेलको तेस्रो मिनेटमा नै खेलमा अग्रता लिएको थियो । स्कट मक्टोमिनेको पासमा रास्मस होइलन्डले गोल गर्दै खेलमा युनाइटेडलाई अग्रता दिलाएका थिए ।

२८औं मिनेटमा होइलन्डले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । अलेहान्द्रो गार्नाचोको प्रहार कोपनहेगन गोलरक्षक ग्राबाराले बचाएपछि रिबाउन्डमा सहजै गोल गर्दै होइलन्डले अग्रता दोब्बर बनाए ।

तर त्यसपछि खेलमा युनाइटेडले लय गुमायो। ४२औं मिनेटमा मार्कस रासफर्डले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि युनाइटेड १० जनामा सिमित भयो। पहिलो हाफमा तीन मिनेट र थपिएको समय मात्र बाँकी रहेको स्थितिमा युनाइटेडले हाफ टाइम अगावै दुई गोल खान पुग्यो।

४५औं मिनेटमा एन्करसनको क्रसमा डियोगो गोन्कालभेसले दिएको पासमा मोहम्मद एल्युनुसीले गोल गर्दै युनाइटेडले अग्रता एक गोलमा झारेका थिए। पहिलो हाफमा १३ मिनेट थपिएको अवस्थामा कोपनहेगनले नवौं मिनेटमा पेनाल्टीमा बराबरी गर्ने अवसर पायो।

ह्यारी मग्वायरले बल हातले छोएपछि कोपनहेगनले पेनाल्टी मार्फत बराबरी गर्ने मौका पाएको थियो। डियोगो गोन्कालभेसले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

तर दोस्रो हाफमा युनाइटेडले पुनः अग्रता लिने सुनौलो अवसर पायो। ६८औं मिनेटमा कोपनहेगनका लेरागरले बक्समा ह्यान्डबल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो। कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै १० जनामा सिमित युनाइटेडलाई अग्रता दिलाए।

८३औं मिनेटमा पेनाल्टी दिएका लेरागरले पुनः बराबरी गोल गर्दै खेललाई ३-३ को स्थितिमा ल्याए। ८७औं मिनेटमा कोपनहेगनले खेलमा पहिलो पटक अग्रता लियो। रुनी बार्डघजिले भल्लि मार्फत गोल गर्दै रोमाञ्चक खेलमा आफ्नो टोलीलाई जित दिलाए।

यस्तै सोही समूहमा रहेको बायर्न म्युनिखले गालाटासाराय विरुद्ध २-० को जित हासिल गरेको छ। बायर्नको जितमा ह्यारी केनले नै दुई गोल गरेका थिए। खेलमा बायर्नलाई गोल गर्न अन्तिम १० मिनेट सम्म कुर्नु परेको थियो।

केनले खेलको ८०औं र ८७औं मिनेटमा गोल गर्दै बायर्नलाई जित दिलाएका हुन्। बायर्न दुई खेल अगावै अर्को चरणमा प्रवेश समेत गरेको छ।

बायर्न ४ खेलमा १२ अंक हासिल गर्दै पहिलो स्थानमा छ। समूहमा दोस्रो स्थानका लागि भने प्रतिस्पर्धा अन्तिम खेल सम्म जाने सम्भावना रहेको छ। कोपनहेगनमा आजको जित सँगै ४ अंक पुर्याउदै दोस्रो स्थानमा उक्लिएको छ। ४ अंक नै रहेको गालातासाराय तेस्रो स्थानमा छ। पुछारमा रहेको युनाइटेडले भने ३ अंक रहेको छ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.