default_image

10 months ago

November 8, 2023

१७ वर्षीय युवा स्टार ब्राजिलको टोलीमा

3982 views

0 Bookmark

एजेन्सी – १७ वर्षीय युवा प्रतिभावान् फरवार्डलाई समेट्दै ब्राजिल फुटबल महासंघ (सिबिएफ) ले फिफा विश्वकप २०२६ को छनोटका लागि टोली घोषणा गरेको छ ।

प्रशिक्षक फर्नान्डो दिनिजले दक्षिण अमेरिकी छनोटमा कोलम्विया र अर्जेन्टिनाविरुद्धको खेलका लागि २४ सदस्यीय टोली घोषणा गर्दा १७ वर्षीय एन्ड्रिकलाई टोलीमा समेटेको हो ।

उनी पहिलो पटक सिनियर टोलीमा पर्न सफल भएको हो । उनी सन् १९९४ मा रोनाल्डोपछि सिनियर टोलीमा स्थान बनाउने सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।

यसै समरमा स्पेनिस क्लब रियल म्याड्रिडमा जाने पक्का भएको एन्ड्रिकले पाल्मिरसलाई ब्राजिलको सिरी ‘ए’ च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । ब्राजिली लिगमा लगातार उच्च प्रदान गरेपछि उनी प्रशिक्षक फर्नान्डोको नजरमा पर्न सफल भएको हो । एन्ड्रिकले सन् २०२२ मा ब्राजिलको यू१७ टोलीबाट चार खेल खेल्दा ५ गोल गरेका थिए ।

चोटका कारण टोलीका महत्वपूर्ण फरवार्ड नेयमार जुनियर भने टोलीमा हुनेछैनन् । उनले गत महिना विश्वकप छनोट दौरान नै चोट बोकेका थिए । चोटकै कारण मिडफिल्डर क्यासेमिरो पनि टोलीमा हुने छैनन् ।

ब्राजिलले नोभेम्बर १६ मा कोलम्बियाको सामना गर्नेछ । त्यसको पाँच दिनपछि माराकाना स्टेडियममा विश्वकप च्याम्पियन अर्जेन्टिनासँग खेल्नेछ ।

दक्षिण अमेरिकी छनोटमा अपराजित अर्जेन्टिना १२ अंकसहित शीर्षस्थानमा छ । घरेलु मैदानमा भेनेजुएलासँग बराबरी र उरुग्वेसँग २–० ले पराजित भएपछि ब्राजिल ७ अंकसहित तेस्रो स्थानमा छ ।

ब्राजिलको टोली
गोलरक्षक – एलिसन (लिभरपुल), एडर्सन (म्यानचेस्टर सिटी) र लुकास पेरी (बोटाफोगो)
डिफेन्डर – इमर्सन (टोटनहम), कार्लोस अगस्टो (इन्टर मिलान), रेनान लोडी (मार्से), ब्रेमर (युभेन्टस), गेब्रिएल मागाल्हेस (आर्सनल), निनो (फ्लुमिनेन्स) र मार्किन्हस् (पेरिस सेन्ट जर्मेन)
मिडफिल्डर – आन्द्रे (फ्लुमिनेन्स), ब्रुनो गुइमारेस (न्यूक्यासल), डगलस लुइज (एस्टन भिल्ला), जोइलिन्टन (न्यूक्यासल), राफेल भेइगा (पाल्मिरास) र रोड्रिगो (रियल म्याड्रिड)
फरवार्डः एन्ड्रिक (पाल्मेरस), गेब्रिएल जेसस (आर्सनल), गेब्रिएल मार्टिनेली (आर्सनल), जोआओ पेड्रो (ब्राइटन), पाउलिन्हो (एटलेटिको मिनेइरो), पेपे (पोर्टो), राफिन्हा (बार्सिलोना) र भिनिसियस जुनियर (रियल म्याड्रिड)

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.