default_image

10 months ago

November 8, 2023

म्यानचेस्टर सिटीको सहज जित

657 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको समूह जि साविक विजेता म्यानचेस्टर सिटीले मंगलबार सहज जित निकालेको छ।

सिटीले १० जनामा सिमित स्विस टोली योङ ब्वाइजमाथि ३-० को जित हासिल गरेको हो। सिटीको जितमा एर्लिङ हालान्डले दुई गोल गर्दा फिल फोडेनले एक गोल थपे। शनिबार बर्नमाउथ विरुद्ध घाइते हुँदै हाफ टाइममा मैदान छाडेका हालान्ड गएराति सुरुवाती रोजाइमा रहेर खेलेका थिए। अग्रता पनि २३औं मिनेटमा उनले नै दिलाए।

योङ ब्वाइजका लाउपरले सिटीका म्याथियस नुनेसलाई बक्स भित्र लडाएपछि सिटीले पेनाल्टी पाएको थियो। पेनाल्टीमा गोल गर्दै हालान्डले सिटीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिमतिर फोडेनले अग्रता दोब्बर बनाए। ज्याक ग्रिलिसको पास लिएर दुई डिफेन्डरलाई छक्याएर फोडेनले सुन्दर फिनिस गर्दै सिटीको अग्रता दोब्बर बनाएका थिए।

५१औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता अझ फराकिलो बनाए। उनले बक्सको छेउ बाट सुन्दर गोल गर्दै व्यक्तिगत दोस्रो गोल गरे। ५३औं मिनेटमा सान्ड्रो लाउपर दोहोरो पहेँलो कार्डको‌ सामना गर्दै मैदान बाहिरिएपछि योङ ब्वाइज १० जनामा सिमित भएको थियो।

यस्तै सोही समूहमा भएको अर्को खेलमा आरबी लाइपजिगले रेडस्टार बेलग्रेडलाई २-१ ले हरायो। समूहमा सिटीको शत प्रतिसत नतिजा रहेको छ। सिटी ४ खेलमा १२ अंक सहित पहिलो स्थानमा छ। लाइपजिगको ४ खेलमा ३ जित सहित ९ अंक छ। बेलग्रेड र योङ ब्वाइजको समान १-१ अंक छ। यस समूह बाट सिटी र लाइपजिग दोस्रो चरणमा प्रवेश गरेका छन्।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.