default_image

10 months ago

November 7, 2023

चेल्सीसँग टोटेनहमको हार

460 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा सोमबार लन्डन डर्बीमा चेल्सीले ९ जनामा सिमित टोटनहम हटस्परलाई ४–१ ले हराएको छ । अराजक, तर घटनात्मक खेलमा चेल्सीका लागि निकोलस ज्याक्सनले ह्याट्रिक र अर्को गोल कोल पाल्मरले गरे ।

खेलमा अग्रता भने टोटनहमले लिएको थियो । देजान कुलुसेवस्कीले खेलको छैठौं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसपछि भने खेल चेल्सीको तर्फ ढल्कियो ।

१४औं मिनेटमा टोटनहमका ह्युङ–मिन सनले अग्रता दोब्बर बनाएपनि गोल अफसाइड भएर रद्द भयो । २१औं मिनेटमा चेल्सीका रहिम स्टर्लिङले बराबरी गोल गरे । तर भिडियो असिस्टेन्ट रेफ्रीले गोलमा स्टर्लिङले ह्यान्डबल गरेको भनेर निर्णय दिएपछि गोल मान्य भएन ।

२७औं मिनेटमा पुनः चेल्सीका मोइसेस काइसेडोले बराबरी गोल गरेपनि उनको प्रहारमा ज्याक्सन अफसाइड रहेका कारण गोल मान्य भएन । ३३औं मिनेटमा चेल्सीले पेनाल्टी पायो । टोटनहमका क्रिस्टियन रोमेरोले एन्जो फर्नान्डेज माथि गरेको फाउलका कारण रोमेरोले रेड कार्डको सामना गर्दै मैदान छाड्न परेको थियो । पाल्मरले उक्त पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

३७औं मिनेटमा ज्याक्सनले बललाई पुनः जालि चुमाएका थिए तर उनलाई पास दिएका स्टर्लिङ अफसाइड भएपछि गोल मान्य भएन । पहिलो हाफको अन्तिमतिर १० जनामा सिमित टोटनहमका जेम्स म्याडिसन र मिकी भ्यान डे भेन घाइते हुँदै मैदान बाहिरिए । दोस्रो हाफको सुरुवाती समयमा डेस्टिनी उडोगी दोहोरो पहेँलो कार्डको सामना गर्दे मैदान बाहिरिएपछि टोटनहम ९ जनामा सिमित भएको थियो ।

७५औं मिनेटमा ज्याक्सनले स्टर्लिङको पासमा गोल गर्दै खेलमा चेल्सीलाई अग्रता दिलाए । तर ७९औं मिनेटमा एरिक डायरले बराबरी गोल गरेपनि अफसाइड भएपछि गोल पुनः रद्द भयो । त्यसपछि खेलको अन्तिम तिर ज्याक्सनले दुई गोल थप्दै ह्याट्रिक समेत पूरा गरे । उनले इन्ज्युरीको समयको दोस्रो र सातौं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दै खेललाई ४–१ को स्थितिमा पुराए ।

टोटनहमको यो सिजन लिगमा पहिलो हार हो । ११औं चरणको खेल अगाडि पहिलो स्थानमा रहेको टोटनहम यस चरण सकिँदा दोस्रो स्थानमा रहेको छ । टोटनहमको ११ खेलमा ८ जित, २ बराबरी र १ हार सहीत २६ अंक छ । विजयी चेल्सी भने ११ खेलमा ४ जित, ३ बराबरी र ४ हार सहित १५ अंकका साथ १० औं स्थानमा छ ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.