default_image

10 months ago

November 6, 2023

रोकियो रियल म्याड्रिड

920 views

0 Bookmark

एजेन्सी – स्पेनिस लालिगा अन्तर्गत आइतबार रियल म्याड्रिड गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल रायो भालेकानो सँग रोकिएको हो ।

खेलमा रियलकै प्रभुत्व रहेको थियो । रायोले भने पोस्टको दिशामा कुनै प्रहार पनि गर्न सकेन । रायोका गोलरक्षक डिमित्रिएभ्स्की भने उच्च लयमा देखिएका थिए । पाँचौं मिनेटमा रियलका फेडे भालभर्डेको प्रहार रायो गोलरक्षक मित्रिएभ्स्कीले उत्कृष्ट ढंगले बचाए । २६औं मिनेटमा मोड्रिचको क्रसमा जोसेलुको हेडरले पोस्टको दिशा लिन सकेन ।

३६औं मिनेटमा रियलका कामाभिँगाको प्रहार र रिबाउन्डमा जोसेलुको प्रहारमा पनि डिमित्रिएभ्स्की बाधक बने । ३९औं मिनेटमा रियलका भिनिसियस जुनियरको प्रहारमा पनि डिमित्रिएभ्स्कीले उत्कृष्ट बचाउ गरे । ४३ औं मिनेटमा रियलका जुड बेलिङ्घमको प्रहार क्रसबारमा लागेर बाहिरियो ।

५४औं मिनेटमा पुनः भालभर्डेको प्रहार डिमित्रिएभ्स्कीले बचाए । ६६औं मिनेटमा भिनिसियसले गोल गरे असिस्टेन्ट रेफ्रीले अफसाइड दिएपछि गोल मान्य भएन । खेलको अन्तिम समयमा रोड्रिगोको प्रहार पनि डिमित्रिएभ्स्कीले बचाउँदै आफ्नो टोलीका लागि एक अंक सुरक्षित गरे । बराबरी पछि रियलले पुनः पहिलो स्थानमा रहने मौका गुमाएको छ ।

रियल १२ खेलमा ९ जित, २ बराबरी र १ हार सहित २९ अंक छ । जिरोनाको १२ खेलमा १० जित, १ बराबरी र १ हार सहित ३१ अंक छ । तेस्रो स्थानको बार्सिलोनाको १२ खेलमा २७ अंक छ । रायो भालेकाना १८ अंकसहित नवौं स्थानमा छ ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.