default_image

12 months ago

November 4, 2023

तेजले वीरगन्ज युनाइटेडबाट एनएसएल खेल्ने

1117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अष्ट्रेलियामा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर तेज तामाङ नेपाल सुपर लिग (एनएसएल) खेल्न नेपाल आउने पक्का भएको छ

वीरगन्ज युनाइटेडले एनएसएलको दोस्रो संस्करणका लागि तेजलाई आफ्नो आईकोनिक खेलाडीका रुपमा सार्वजनिक गरेको छ ।

तेजले भर्खरै अष्ट्रेलियाको भिक्टोरिया स्टेट लिगमा यति एफसीबाट खेलेका थिए। यसअघि दिनेश राजवंशी पोखरा थन्डर्सका आइकोनिक खेलाडीको रूपमा सार्वजनिक भइसकेका छन्।

अघिल्लो सिजन ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले अनुबन्ध गरेपछि तेज र दिनेश जनवरीमा नेपाल छोडेर अस्ट्रेलिया गएका थिए । उनीहरूले लिग सुरु हुनुअघि नै नेपाल छाडेका थिए ।

अष्ट्रेलिया जानु अघि तेज नेपाली राष्ट्रिय टोलीको नियमित सदस्य थिए । उनले नेपालको तर्फबाट २३ खेल खेलिसकेका छन् जसमा २० खेलमा सुरुवाती रोजाईमा रहेरै खेलेका थिए ।

उनले २०७८ को ए डिभिजन लिग सिजनमा नेपाल पुलिस क्लबको प्रतिनिधित्व गरेका थिए। उनले त्यस लिग सिजनको १३ मध्य १२ खेल खेलेका थिए। एनएसएलको पहिलो संस्करण काठमाडौं रेजर्स  जित्दा तेज टोलीको सदस्य थिए ।

वीरगन्जले दीप कार्कीलाई मार्की साइनिङको रूपमा भित्र्याएको छ । दोस्रो संस्करण मंसिर ८ गते देखि काठमाडौंमा सुरु हुँदैछ।

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

Success

Thank you for your time.