default_image

10 months ago

November 4, 2023

ट्यापआउट इलामको फिटनेस पार्टनर

320 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिगको नयाँ टोली स्पोर्टिङ्ग इलाम डि मेचीले ट्यापआउट फिटनेससँग सम्झौता गरेको छ।

सम्झौता अनुसार ट्यापआउट फिटनेस इलामको फिटनेस पार्टनर रहने इलामले प्रेस विज्ञप्ति मार्फत जनाएको छ।

स्पोर्टिङ इलाम एफसीका प्रमुख कार्यकारी अधिकृत पियुष बहादुर न्यौपाने, प्रशिक्षक मेघराज केसी र ट्यापआउट फिटनेसका निर्देशक यलम्बर राई, ट्यापआउट फिटनेसका संस्थापक महेन्द्र घलेको सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा सहभागिता थियो।

ट्यापआउट फिटनेसले यस क्लबका खेलाडीहरुलाई स्ट्रेन्थ एण्ड कन्डिसनिङ, रिकभरी तथा जिमको सुविधा प्रदान गर्नेछ । सो सुविधामा ट्यापआउट फिटनेसले पूर्ण प्रायोजन गर्ने छ ।

‘सम्भवत नेपालमा पहिलोपटक जिमसँगै स्ट्रेन्थ एण्ड कन्डिसनिङको काम गर्ने हामी पहिलो हौं। हाम्रो मुख्य उद्देश्य भनेको नै खेलाडीको स्तर बृद्धि गर्ने हो । खेलाडीलाई पूर्ण रुपमा फिट बनाई उसले मैदानमा आफ्नो सत प्रतिशत देओस् भन्ने लक्ष्यसहित हामी काम गर्दै आएका छौ ’ सम्झौता पछि ट्यापआउट फिटनेसका संस्थापक घलेले भने ।

‘स्ट्रेन्थ एण्ड कन्डिसनिङ खेलाडीलाई एकदम आवश्यक पर्छ र यसको महत्व सबै खेलाडीहरूले बुझ्नुपर्छ । स्पोर्टिङ इलाम एफसीमार्फत फुटबलमा पनि जोडिन पाउँदा हामी खुसी र उत्साहित छौं । खेलाडीहरूले अब हुन गइरहेको एनएसएलमा उत्कृष्ट प्रदर्शन गर्न हामी हाम्रो तर्फबाट सक्दो मदत गर्ने छौं ’ उनले थपे ।

इलामले गोलकिपर विकेश कुथुलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ। दोस्रो संस्करणको पहिलो खेलमा काठमाडौं विरुद्ध खेल्दै इलामले आफ्नो यात्राको सुरुवात गर्ने छ। एनएसएल मंसिर ८ गते सुरु हुनेछ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.