default_image

10 months ago

November 1, 2023

फिफा विश्वकप २०३४ साउदी अरेबियामा हुने

1995 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०३४ साउदी अरेबियामा हुने निश्चित भएको छ ।

विश्वकप आयोजना गर्नका लागि साउदीको मात्र आधिकारीक दावी प्रस्तुत गरेपछि विश्वकप साउदीले आयोजना गर्ने पक्का भएको हो । अस्ट्रेलियाले अन्तिम समयमा पेश नगरेपछि यो निर्णय सम्भव भएको हो ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो इन्स्टाग्राम मार्फत यस बारे पक्का समेत गरेका हुन् । ‘फुटबलले विश्वलाई अन्य कुनै खेलजस्तो एकतावद्ध गर्दछ, विश्वकप एकता र समावेशीकरणको सन्देशको लागि उत्कृष्ट माध्यम हो’ उनले लेखे।

‘साथै विभिन्न संस्कृतिहरू कसरी सँगै हुन सक्छन् र एकअर्कालाई राम्रोसँग सिक्न र बुझ्न सक्छन् भन्ने महत्त्वपूर्ण दृष्टान्त प्रदान गर्दछ ।’

कुनै भोटिङ वा दोस्रो दावी नभएतापनि उनले साउदीले विश्वकप आयोजना गर्ने निर्णय “रचनात्मक संवाद र व्यापक परामर्श” का साथ गरिएको बताएका छन्।

आज नै फिफाको एक विज्ञप्तिमा २०२४को अन्तिम क्वाटरमा २०३४को आयोजक घोषणा हुने भनेतापनी इन्फान्टिनोले भने आफ्नो व्यक्तिगत रूपमा घोषणा गरेका हुन्।

२०२२ मा कतारमा भएको विश्वकप जस्तै नोभेम्बर महिनामा २०३४को विश्वकप हुने धेरैले आँकलन समेत गर्न थालिसकेका छन्। यसले गर्दा युरोपेली फुटबल संरचनाले आफ्नो तालिका पुनः परिवर्तन गर्नु पर्ने हुन्छ।

२०२६को विश्वकप क्यानाडा, अमेरिका र मेक्सिकोमा हुँदैछ। यस्तै २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा हुने छ। यसका साथै विश्वकप सुरुवात भएको १०० वर्ष मनाउन २०३० संस्करणमा अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा पहिलो तीन खेल हुने समेत फिफाले बताएको छ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.