default_image

10 months ago

October 30, 2023

बिनोङ बुटवल लुम्बिनीमा आबद्ध

348 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) टोली बुटवल लुम्बिनी एफसीले क्यामरुनियन फरवार्ड स्टेफन समिर बिनोङ लाई अनुबन्ध गरेको छ।

बुटवलले सोमबार बिनोङलाई अनुबन्ध गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। पहिलो संस्करणमा काठमाडौं रेजर्सबाट खेलेका उनले काठमाडौंको उपाधि यात्रामा महत्वपूर्ण भूमिका खेलेका थिए।

नेपाल आएदेखि उनका क्यामरुनियन फरवार्ड जोडी मेसुके ओलोमाेउ सँग एउटै टोलीमा खेल्दै आएका उनी यसपटक भने मेसुके बिना नै अनुबन्धित भएका हुन्। मेसुके अहिले इराकी लिगमा खेलिरहेका छन्।

बिनोङले आफु बुटवल लुम्बिनीबाट खेल्न उत्साहित रहेको बताएका छन्। ‘म यस सिजनको नेपाल सुपर लिगको लागि निकै उत्साहित छु’, उनले भनेका छन्,’बुटवल लुम्बिनीमा आबद्ध हुन पाउँदा झन् धेरै खुसी छु। क्लबको लागि शत प्रतिशत दिने छु।’

गत सिजनको सहिद स्मारक ए डिभिजन लिगमा एफसी खुमलटारबाट खेलेका बिनोङले १० गोल गरेका थिए। तर खुमलटार भने रेलिगेसनमा परेको थियो।

एनएसएलको दोस्रो संस्करणका लागि बुटवलले एरिक विष्टलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ। यस्तै आइभोरी कोस्टका गोलरक्षक कुस्सी क्रिस्टियनलाई समेत बुटवलले आफ्नो टोलीमा सम्मिलित गराइसकेको छ।

एनएसएलको दोस्रो संस्करण मंसिर ८ गते सुरु हुँदैछ। बुटवलले मंसिर ९ गते ललितपुर सिटी एफसी सँग खेल्दै दोस्रो संस्करणको यात्रा सुरुवात गर्ने छ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.