default_image

8 years ago

January 21, 2017

आहा गोल्ड कप क्वार्टरफाइनल-सहाराविरुद्ध सिक्किम युनाइटेड[प्रत्यक्ष अपडेट]

58 views

0 Bookmark

aaha-rara-gold-cup-2073-pokhara

१५ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता फुटबल
पहिलो क्वार्टरफाइनल, ८ माघ २०७३
पोखरा रंगशाला
सहारा क्लब – सिक्किम युनाइटेड, भारत

sahara-sikkim-1

सहारा क्लब, पोखरा – सुजित गुरुङ (गोलकिपर), लक्ष्मण जिसी, उत्तम गुरुङ, विष्णु गुरुङ, प्रदीप गुरुङ,सरोज योञ्जन,रमेश मगर, अजयी मार्टिन्स कोयाडे, बबी ओगोला ओडोन्डो,रिचार्ड पुन
सिक्किम युनाइटेड, भारत – पुजन प्रधान (गोलकिपर),लेन्डुप भुटिया, सञ्जय क्षेत्री, मायाल डोक लेप्चा (कप्तान),आशिष क्षेत्री,नाडोङ भुटिया,फुर्बा छिरिङ भुटिया, अफजल अन्सरी, विवेक भुटिया,सोनाम छिरिङ,दावा छिरिङ लेप्चा

प्रत्यक्ष अपडेटका लागि रिफ्रेस गर्नुहोला ।

१२०’–अतिरिक्त ३० मिनेटको खेल टंगिएको छ । खेल गोलरहित बराबरीमा टुंगिएको छ । अब निर्णायका लागि टाइब्रेकर हुनेछ ।

११०’– अब दस मिनेटको खेल बाँकी रहँदा, दुवैतर्फबाट गोल भएको छैन ।

अतिरिक्त समयको दोस्रो हाफ सुरु भएको छ

अतिरिक्त समयको पहिलो हाफ सकिएको छ । अझै गोल भएको छैन ।

९१’– अतिरिक्त ३० मिनेटको पहिलो हाफ सुरु भएको छ

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलमा ३० मिनेट समय थप गरिएको छ

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको छ

९०’– ५ मिनेट इन्जुरी समय थप गरिएको छ । खेल गोलरहित बराबरीमा अघि बढी रहेको छ

८५’–पेमा छिरिङ भुटियाले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गोलपोस्ट माथिबाट बाहिरयो

८१’– सहाराका विष्णु घाइते भएर मैदान बाहिरिएका छन्, उनको ठाँउमा आशिष केसी मैदा प्रवेश गरेका छन्

७५’– अन्तिम १५ मिनेटको खेल बाँकी रहेको छ । अझै कुनै टोलीबाट पनि गोल भएको छैन

खेल पुनः सुरु भएको छ

६९’– विके लामासँग ठोक्किएर सिक्किमका गोलकिपर पुजन घाइते, मैदानमै उपचार हुँदै

६१’– सिक्किमका सञ्जयको क्रसमा अफजलको हेड प्रहार क्रसबारमा लागेर फर्कियो

५५’– अझै पनि गोलरहित बराबरी

४६’– दोस्रो हाफ सुरु भएको छ

पहिलो हाफको समाप्तीमा गोलरहित बराबरी । सिक्किम युनाइटेड लगातार दोस्रो पटक बाहिरिला वा सेमिफाइनल पुग्ला ? आयोजक सहारा क्लबले युनाइटेडमाथि लगातार दोस्रो पटक सफलता प्राप्त गर्ला त?

४५’– ३ मिनेट इन्जुरी समय थपिएको छ

४५’– पहिलो हाफ गोलरहित बराबरीमा टुंगिने सम्भावना

२९’– सिक्किमका सोनामको क्रसमा नाडोङको हेड प्रहार क्रसबारमा ठोक्किएर फर्कियो

२५’– सहाराका शिव सुवेदीले दिएको पासमा मार्टिनले गोलको सहज मौका चुकाए

२०’– गोल रहित बराबरी । दुवै तर्फबाट खतरनाक आक्रमण भएको छैन

१०’– दुवै तर्फबाट खतरनाक आक्रमण भएको छैन

१’– खेल सुरु भएको छ

-अघिल्लो भेटमा सहारा क्लबले सिक्किम युनाइटेडलाई २-० ले विजयी भएको थियो

– आयोजक सहारा क्लब र सिक्कि युनाइटेड, भारतबीच आहा रारा गोल्ड कपको क्वार्टरफाइनलमा लगातार दोस्रो पटक भेट हुँदैछ

– आहा रारा गोल्ड कपको पहिलो क्वार्टरफाइनल दिउसो २ः३० बजे सुरु हुनेछ

-दुवै टोलीले वार्म अप सुरु गरेका छन्

रेफ्री – सुदीश पाण्डे (फिफा रेफ्री)
सहायक रेफ्री – पदम भुजेल (फिफा सहायक रेफ्री)
सहायक रेफ्री – युनाल मल्ल (फिफा सहयाक रेफ्री)
फोर्थ अफिसियल – विकास महत (फिफा रेफ्री)
म्याच कमिस्नर – बसन्त रिजाल
रेफ्री एसेसर – सुरेन्द्र सिख्राकार

-सिक्किम युनाइटेड,भारतको टोली रंगशाला आइपुगेको छ

-सहारा क्लबको टोली रंगशाला आइपुगेको छ

September 20, 2024

आयोजक चितवन गोल्डकपको क्वाटरफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]

September 20, 2024

लिस्नु झरना रनिङशिल्डको अन्तिम आठमा

सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली‌ बनेको छ । लिस्नुलाई जित […]

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]

Success

Thank you for your time.