default_image

10 months ago

October 29, 2023

म्यानचेस्टर डर्बीमा युनाइटेडको लज्जास्पद हार

3333 views

0 Bookmark

एजेन्सी – बहुप्रतिष्ठित म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीले विजयी भएको छ । म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा पाहुना टोली म्यानचेस्टर सिटीले ३–० को सहज जित हात पारेको हो।

सिटीको जितमा एर्लिङ हालान्डले २ गोल गर्दा फिल फोडेनले एक गोल थपे । पछिल्ला केही डर्बी जस्तै खेलको सुरुवात बाट नै सिटी खेलका हाबी थियो। खेलको आठौं मिनेटमा नै सिटी गोल गर्नबाट चुक्यो। वाल्करको क्रसमा फोडेनको हेडर युनाइटेड गोलरक्षक आन्द्रे ओनानाले बचाएपछि हालान्डले अवसर प्राप्त गरेका थिए। तर उनी भन्दा अगाडि युनाइटेडका गोलकिपरओनानाले बललाई सुरक्षित गरे।

२०औं मिनेटमा ओनानाले ज्याक ग्रिलिसको प्रहार पनि बचाए । २४औं मिनेट भने सिटीले पेनाल्टीमार्फत अग्रता लिन अवसर पायो । युनाइटेडका स्ट्राइकर रास्मस होइलन्डले रोड्रीलाई पेनाल्टी बक्समा लडाएपछि सिटीले पेनाल्टी पाएको थियो । पेनाल्टीमा हालान्डले सहजै गोल गर्दै टोलीलाई अग्रता दिलाए।

पहिलो हाफको अन्तिम समयमा भने युनाइटेड बराबरीको नजित पुगेको थियो । स्कट मक्टोमिनेको प्रहार सिटी गोलरक्षक एडरसनले राम्रो बचाउ सहित पोस्ट बाहिर फालेका थिए । त्यसपछि पहिलो हाफको अन्तिम मुभमा ओनामाले हालान्डको हेडरको राम्रो बचाउ गरे।

दोस्रो हाफको सुरुवातमा पनि सिटी नै हाबी हुँदै ४९औं मिनेटमा अग्रता दोब्बर गर्यो। बर्नार्डो सिल्भाको क्रसमा हालान्डले खाली रहेको अवस्थामा हेडर मार्फत खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। ५७औं मिनेटमा ग्रिलिसको प्रहारमा पुनः ओनाना बाधक बने । ६९औं मिनेटमा युनाइटेडका मार्कस र्यासफर्डले खेलमा युनाईटेडको सबैभन्दा स्पष्ट मौका पाएका थिए । तर उनको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो।

७१औं मिनेटमा हालान्ड ह्याट्रिक गर्न बाट चुके । वान–अन–वान अवस्थामा उनले गरेको चिपमा फेरिपनि ओनाना बाधक बने ।
८०औं मिनेटमा भने सिटीले तेस्रो गोल गर्न सफल भयो । हालान्डकै असिस्टमा फिल फोडेनले सहजै गोल गर्दै खेलमा जित सुनिश्चित गरे।

सिटी १० खेलमा ८ जित र २ हार सहित २४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको अर्सनलको पनि २४ अंक भएतापनि गोल अन्तरका आधारमा दोस्रो छ । शीर्ष स्थानमा रहेको टोटेनहमको २६ अंक छ । पराजित युनाइटेड भने ५ जित र ५ हार सहित १५ अंक बटुल्दै आठौं स्थानमा छ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.