default_image

11 months ago

October 28, 2023

रियलको एल क्लासिको जितमा बेलिङ्घम नायक

2559 views

0 Bookmark

एजेन्सी – युवा मिडफिल्डर जुड बेलिङ्घमले दुई गोल गर्दा रियल म्याड्रिडले पुनरागमन गर्दै सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनालाई हराएको छ । बार्सिलोनाको घरेलु मैदानमा रियलले २-१ को जित निकालेको हो ।

आफ्नो करिअरको पहिलो क्लासिको खेलिरहेका बेलिङ्घमले रियलका लागि दुवै गोल गरे । बार्सिलोनाले इल्काए गुन्डोगानको गोलमा सुरुवाती अग्रता लिएको थियो ।

खेलको सातौं मिनेटमा गुन्डोगानले बार्सिलोनालाई अग्रता दिलाए । रियल म्याड्रिडको गल्तीका कारण गुन्डोगानको खुट्टामा बल परेपछि उनले सहजै गोल गर्न सफल भएका थिए । १६औं मिनेटमा फर्मिन लोपेजको प्रहार पोस्टमा लागेर बाहिरिँदा बार्सिलोनाले अग्रता दोब्बर गर्ने अवसर गुमायो ।

२२औं मिनेटमा रियलका एन्टोनी रुडिगरको बक्स बाहिर बाट लिएको प्रहारले पोस्टको दिशा लिन सकेन । यस्तै ३८औं मिनेटमा ड्यानी कार्भाहालको प्रहार पनि पोस्टको बाहिरको जालीमा लाग्यो ।

४७औं मिनेटमा रियलका रोड्रीगोको प्रहारले पनि गोलको दिशा लिन सकेन ।

५१औं मिनेटमा बार्सिलोनाका इनिगो मार्टिनेजको हेडर पोस्टमा लागेर फर्कियो । रिबाउन्डमा रोनाल्ड आराउहोको प्रहार रियलका गोलरक्षक केपाले बचाए । ५७औं मिनेटमा टोनी क्रुसको प्रहार बार्सिलोना गोलरक्षक टर स्टेगनले सहजै बचाए ।

६८औं मिनेटमा रियलले बराबरी गोल गर्यो । बेलिङ्घमले झन्डै ३५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहारले सिधै जाली चुमेको थियो ।

खेलको अन्त्यतिर बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै पुनरागमन पूरा गरे । ड्यानी कार्भाहालको क्रस लुका मोड्रीचलाई लागेर बेलिङ्घमको खुट्टामा परेको थियो । उनले पहिलो टचमा नै गोल गर्दै जित पक्का गरे ।

जित पछि रियल पुनः लिगको शीर्षस्थानमा उक्लिएको छ । ११ खेलमा रियलको २८ अंक छ । दोस्रो स्थानमा रहेको जिरोनाको पनि समान २८ अंक छ । पराजित बार्सिलोनाको २४ अंक छ ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.