default_image

11 months ago

October 28, 2023

‘एल क्लासिको’ आज

1336 views

0 Bookmark

एजेन्सी – स्पेनिश लालिगा अन्तर्गत एल क्लासिको अर्थात् एफसी बार्सिलोना र रियल म्याड्रिडबीचको सिजनको पहिलो खेल आज हुँदैछ । खेल बेलुका ८:०० बजे बार्सिलोनाको घरेलु मैदान इस्टाडी लुईस कोम्पानिस मोन्टजुइकमा सुरु हुनेछ ।

बार्सिलोनाका नियमित टोलीका सदस्य रोबर्ट लेवान्डोस्की, पेड्री, जुल्स कुन्डे, राफिन्हा र फ्रेन्की डी यङ यस खेलमा सहभागी हुने निश्चित छैन । पेड्री र डे योङ यस खेलमा नखेल्ने लगभग निश्चित छ भने अन्य तीन जना खेलको लागि समयमै फिट हुनका लागि प्रयत्नरत छन् ।

बार्सिलोनाका मुख्य प्रशिक्षक जाभीले आफूले कुनै जोखिम नलिने बार्सिलोनालाई निरन्तर भनिरहेका छन् । यस्तै रियलका नियमित गोलरक्षक थिबट कोर्टोवा र डिफेन्डर एडेर मिलिटाओ पनि लामो समयका लागि मैदान बाहिर नै छन् ।

दुवै टोली यस खेल अगाडि शीर्ष स्थानमा रहेका छैनन्। गएराति सेल्टा डि भिगोलाई हराएको जिरोना अहिले यी दुई महारथीलाई उछिन्दै पहिलो स्थानमा छ । जिरोनाको ११ खेलमा २८ अंक रहेको छ । दोस्रो स्थानमा रहेको रियलको ९ खेलमा २५ अंक छ। यस्तै, एक स्थान तल रहेको बार्सिलोनाको ९ खेलमा २४ अंक छ ।

बार्सिलोना यो सिजन १० खेलमा सात जित र तीन बराबरीसहित अपराजित छ । म्याड्रिड भने एक पटक मात्र हारेको छ र आठ जित र एक बराबरी गरेको छ ।

१९५७ पछि पहिलो पटक बार्सिलोनाले आफ्नो नियमित घरेलु मैदान क्याम्प नोउ बाहिर घरेलु क्लासिको खेल्दैछ । क्याम्प नोउमा स्तरोन्नति र आधुनिकीकरणको काम भइरहेको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.