default_image

11 months ago

October 28, 2023

सेनेगलका डियाग्ने धनगढी एफसीमा

779 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली धनगढी एफसीले सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी फलू डियाग्नेलाई अनुबन्ध गरेको छ । दशरथ रंगशालामा मंसिर ८ गते सुरु हुने एनएसएलको दोस्रो संस्करणका लागि धनगढीले यूरोपियन लिगहरु खेलिसकेका रक्षक डियाग्नेलाई भित्राएको हो ।

‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी एफसीले शनिबार विज्ञप्ति जारी गर्दै दोस्रो विदेशी खेलाडीका रुपमा डियाग्नेलाई अनुबन्धित गरिएको जनाएको छ । टोलीले यसअघि नेपाली फुटबलमा लामो समयदेखि सक्रिय रहेका फरवार्ड ओलाआले अफिजलाई अनुबन्ध गरेको थियो ।

युरोपको विभिन्न क्लबहरुबाट खेलिसकेका ३४ वर्षीय डियाग्नेले गत वर्ष चेन्नाईन एफसीबाट भारतको इन्डियन सुपर लिग समेत खेलेका थिए । सन् २०१६ मा केप भर्ड विरुद्धको खेलमा सेनेगल राष्ट्रिय टिमका लागि डेब्यु गरेका डियाग्नेले ४ क्याप जितेका छन् । उनले खेलेको खेलहरुमा सेनेगल अपराजित रहेको थियो ।

फ्रान्सको लिग वान क्लब एफसी मेट्जबाट व्यवसायिक फुटबल जीवन सुरु गरेका डियाग्नेले जेर्मन बुण्डेसलिगा क्लब पÞm्राइवर्गबाट युरोपा लिग समेत खेलिसकेका छन् । जर्मनकै वेडर ब्रमनबाट बुण्डेसलिगा र स्टेड रेन्नैसबाट फ्रेन्च लिग खेलेका उनीसँग टर्किस फुटबलको पनि अनुभव छ ।

धनगढीसँग आवद्ध हुन पाउँदा खुशी व्यक्त गर्दै डियाग्नेले भारतमा यसअघि खेलिसकेकाले यस क्षेत्रको फुटबलबारे जानकार रहेको र आफ्नो सम्पूर्ण अनुभव नेपालमा पोख्ने प्रतिबद्धता गरेको धनगढीले जनाएको छ । धनगढी एफसीका अध्यक्ष सुवास शाहीले यूरोपियन लिगको अनुभव भएका खेलाडीलाई नेपालमा भित्र्याउदा खुसी लागेको र उनको अनुभवले नेपाली खेलाडीलाई समेत सिक्ने अवसर मिल्ने बताएका छन् ।

एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान मिडफिल्डर आशिष चौधरी रहेका छन् । आशिषले आबद्ध चर्च ब्वाइज युनाइटेडे यो सिजन सहिद स्मारक लिग ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियाो ।

यस्तै अक्सनबाट धनगढी एफसीले साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु र रामचन्द्र वाजीलाईं अनुबन्ध गरिसकेको छ ।

प्रशिक्षकमा भने धनगढी एफसीले युगोलकिशोर राईंलाई निरन्तरता दिएको छ । धनगढी एफसीको ब्रान्ड एम्बास्डरमा कलाकार तथा चर्चित टिकटकर पवी साँकी रहेकी छिन् । धनगढी एफसीले मंसिर १० गते वीरगञ्ज यूनाइटेडसँग खेल्दै यसपटकको एनएसएलको यात्रा सुरु गर्नेछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.