8 years ago
January 21, 2017
काठमाडौँ, (हाम्रो खेलकुद) – आगामी चैत्र १० गतेबाट सुरु हुने एसियन कप छनोटका लागि माघ १० गते अबुधाबीमा समूह विभाजनको लागि ड्र हुँदैछ।
कसरी हुन्छ ड्र?
२४ टोलीलाइ फिफा वरियताको आधारमा चार पटमा विभाजन गरिएको छ र प्रत्यक पटमा ६ टोली अटाएका छन्। छनोट चरणमा छ समूह रहने र शिर्ष दुइ टोलीले २०१९मा हुने एसियन कपमा सहभागिता जनाउने प्रावधान रहेको छ।
पट ‘डी’मा नेपाल, मकाउ, भुटान, मलेसिया, कम्बोडिया र सिङ्गापुर छ। पट ‘ए’ मा जोर्डन, ओमान, फिलिपिन्स, बहराइन, किर्गिस्तान र उत्तर कोरिया रहेका छन् भने पट ‘बि’मा भारतसंगै प्यालेस्टाइन, भिएतनाम, जिकिस्तान, हङकङ र तुर्कमेनिस्तान रहेकाछन्।
पट ‘सि’मा भने माल्दिभ्स, यमन, लेबनान, अफगानिस्तान, चाइनिज चाइपेई र म्यानमार छन्। प्रत्यक पटबाट एक समूहमा एक-एक टोलि पर्नेछन्। छनोट अन्तर्गत नेपाल र भारत एउटै समुहमा पर्ने सम्भावना पनि बलियो छ।
January 7, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी १२ औं फर्साटिकर कप–२०८१ मंगलवार बुटवलको गोर्खा ब्वाइज क्लब विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेको छ । फर्साटिकर युवा क्लबको आयोजना सञ्चालित प्रतियोगिताको चौथो दिन समूह ‘बी’ मा गोर्खा ब्वाइजले पाल्पा न्यु युथ युनियनलाई ३-१ ले पराजित गरेको हो । गोर्खा ब्वाइजका मनिष तामाङले २ र अनुज गैरेले १ गोल […]
January 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २-०ले हराउँदै लिगको शीर्षस्थानमा उक्लिएको छ। ३ खेलमा पुलिसको ७ अंक पुगेको छ। एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले आठौं मिनेटमा अग्रता बनायो। बिर्सना चौधरीको पासमा कप्तान नीरू थापाले चेस्ट कन्ट्रोल गरेर हानको भलि प्रहार गोलमा परिणत भयो। पहिलो जितको […]
January 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियन च्याम्पियन्सिप कराते र काभा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको […]