default_image

11 months ago

October 28, 2023

टोटेनहमलाई शीर्षस्थानमा ५ अंकको अग्रता

1883 views

0 Bookmark

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिगको शीर्ष स्थानमा रहेको टोटेनहम हटस्परले जित हासिल गरेको छ ।

टोटनहमले क्रिस्टल प्यालेसमाथि २-१ जित निकालेको हो । प्यालेसको मैदान सेलहर्स्ट पार्कमा टोटनहमका लागि सन ह्यूङ-मिनले एक गोल गरे भने एक गोल आत्मघाती गोल रहेको थियो ।

शीर्षस्थानमा १०औं चरणको खेल सुरु गरेको टोटनहमले ५३औं मिनेटमा खेलमा अग्रता लिएको थियो । जेम्स म्याडिसनको क्रस रोक्ने प्रय्समा क्रिस्टल प्यालेसका जोएल वार्डले बललाई आफ्नै पोस्टतर्फ फर्काएका थिए ।

६६औं मिनेटमा टोटनहमले अग्रता दोब्बर बनायो । यस सिजनको लिगमा आठौं गोल गर्ने क्रममा सनले ब्रेनन जोन्सनको पासलाई जालिको दिशा देखाएका थिए ।

खेल्नको अन्तिम तिर क्रिस्टल प्यालेसले एक गोल फर्काएको थियो । आन्द्रे आयुले थपिएको समयको चौथो मिनेटमा फर्काएको गोलपछि पनि प्यालेसले अवसरहरू सृजना गरेको थियो । तर अन्त्यमा प्यालेसले खेलबाट कुनै अंक हासिल गर्न सकेन ।

जितपछि टोटनहमको १० खेल बाट २६ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ९ खेलमा २१ अंक छ । क्रिस्टल प्यालेस भने १२ अंक सहित ११औं स्थानमा छ ।

प्रिमियर लिगमा शनिबार साँझ पाँच खेल हुँदैछन् । आईतबार बेलुका प्रतिष्ठित म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड एकअर्का सँग भिड्दै छन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.