default_image

12 months ago

October 26, 2023

टोनालीलाई १० महिनाको प्रतिबन्ध

1014 views

0 Bookmark

एजेन्सी – न्युक्यासल युनाइटेडका इटालियन मिडफिल्डर सान्ड्रो टोनाली माथि १० महिनाको प्रतिबन्ध लाग्ने भएको छ ।

बेटिंग नियम उल्लङ्घन गरेको कारण इटालियन फुटबल महासंघले टोनालीलाई कारवाही गरेको हो । उनले जुवाको लत छुटाउन ८ महिना त्यसै सम्बन्धि पुनर्स्थापना योजनामा सहभागी हुनुपर्नेछ ।

यस प्रतिबन्ध पश्चात उनी न्युक्यासलका लागि अगस्ट २०२४ सम्म छनोटका लागि उपलब्ध हुने छैनन् । यसका साथै जुनमा जर्मनीमा हुने युरो कपमा इटाली छनोट भए पनि उनले खेल्न पाउने छैनन् ।

टोनालीले एसी मिलानका लागि खेल्दा आफ्नै टोलीको खेलमा बाजी लगाएको आरोप रहेको थियो । यस अपराधमा सामान्यतया तीन वर्षको प्रतिबन्ध लगाइन्छ तर अपराध स्वीकार, अभियोजनकर्ताहरूसँगको सहकार्य र परामर्शमा संलग्न हुन इच्छुकताले यसलाई कम गर्न सकिन्छ ।

यसै सिजन न्युक्यासलमा भित्रिएका टोनालीलाई प्रतिबन्ध लागेपछि उनको क्लबले उनको पूर्व क्लब मिलान विरुद्ध कानूनी कारबाही गर्ने सम्भाव्यताको समेत चर्चा छ ।

न्यूक्यासलले यसअघि नै एक विज्ञप्ति जारी गर्दै टोनालीलाई आफ्नो “पूर्ण समर्थन” व्यक्त समेत गरिसकेको छ ।

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

Success

Thank you for your time.