default_image

11 months ago

October 26, 2023

‘ग्रुप अफ डेथ’ मा पिएसजी र डर्टमन्ड विजयी

1080 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग २०२३/२४ सिजनको ग्रुप अफ डेथ मानिएको समूह एफ अन्तर्गतका खेलमा गएराति पिएसजी र बोरुसिया डर्टमन्डले जित हासिल गरेका छन् ।

पिएसजीले एसी मिलानलाई ३-० को गोल अन्तरले सहजै हराएको हो । पिएसजीको जितमा किलियन एमबाप्पे, र्यान्डाल कोलो मुआनी र काङ्ग इन-लिले गोल गरे ।

खेलको ३२औं मिनेटमा एमबाप्पेले सुन्दर फिनिश गर्दै खेलमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले वारेन जायर-एमेरीको पासमा गोल गर्दै खेलमा अग्रता दिलाएका हुन् ।

४८औं मिनेटमा उसमान डेम्बेलेले गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिएपछि गोल मान्य भएको थिएन ।

तर त्यसको पाँच मिनेट पछि नै पिएसजीले अग्रता दोब्बर बनायो । र यसपाली गोल रद्द भएन । डेम्बेलेको प्रहार मिलान गोलरक्षक माइक माइगननले बचाएपछि कोलाे मुआनीले सहजै बललाई पोस्टको दिशा देखाएका थिए । ८९औं मिनेटमा दोस्रो हाफमा मैदान प्रवेश गरेका कोरियन खेलाडी काङ्ग इन-लिले खेलको तेस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

यस्तै अर्को खेलमा बोरुसिया डर्टमन्डले न्युक्यासल युनाइटेडलाई १-० ले पराजित गर्यो । खेलको एकमात्र गोल ४५औं मिनेटमा फेलिक्स न्मेचाले गरेका थिए ।

तेस्रो चरणको खेलको समाप्तिमा पिएसजी तीन खेलमा दुई जित सहित समूहको शीर्ष स्थानमा छ । समान टिम खेल्न ४ अंक बटुलेका डर्टमन्ड र न्युक्यासल क्रमसः दोस्रो र तेस्रो छन् । तीन खेलमा दुई बराबरी गर्दै दुई अंक बोकेको मिलान पुछारमा छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.