default_image

11 months ago

October 26, 2023

बार्सिलोनाको च्याम्पियन्स लिगमा तेस्रो जित

676 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह एच अन्तर्गतको खेलमा बार्सिलनाले जित हासिल गरेको छ । समूह चरणको तेस्रो जित निकाल्ने क्रममा शख्तार डोनेस्कलाई २-१ ले हराएको हो ।

बार्सिलोनाको जितमा फेरान टोरस र फर्मिन लोपेजले गोल गरे । खेलको अन्त्यतिर शाख्तरले खेलमा फर्कन खोजेपनि अन्त्यमा बार्सिलोनाले जित निकालेको हो । सुरुवाती समयका भने बार्सिलोनाकै प्रभुत्व रहेको थियो ।

खेलको आठौं मिनेटमा फर्मिन लोपेजले दुई डिफेन्डरलाई छक्काउँदै गरेको प्रहार शाख्तरका गोलरक्षक रिजनिकले राम्रो बचाउ गरे । २५औं मिनेटमा जोआओ क्यान्सेलोको प्रहारमा पनि रिजनिक बाधक बने ।

त्यसको तीन मिनेट पछि भने रिजनिकले गोल बचाउन सकेनन् । गुन्डोगानले दिएको पासमा फर्मिनको प्रहार पोस्टमा लागेर फर्किएपछि फेरान टोरसले गोल गर्दै अग्रता दिलाए । सुरुवातमा रेफ्रीले अफसाइड दिएपनि भिडियो असिस्टेन्ट रेफ्रीले रेफ्रीको निर्णय उल्ट्याइदिए ।

३६औं मिनेटमा भने फर्मिनले आफैं गोल गर्न सफल भए । यसपटक भने उनलाई फेरानले असिस्ट दिए । फेरानको पासमा बक्सको छेउबाट फर्मिनले सटिक प्रहार गर्दै अग्रता दोब्बर बनाए ।

६२औं मिनेटमा शाख्तरले एक गोल फर्कायो। इराक्ली अजारोभिको पासमा जर्जिय सुडाकोभले काउन्टर अट्याकमा गोल गर्दै बार्सिलोनाको अग्रता घटाए ।

६९औं मिनेटमा फर्मिन लोपेजले बक्स बाहिर बाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो । ७०औं मिनेटमा मार्कोस अलोन्सोको क्रसमा फर्मिनले पुनः बललाई जालि चुमाएपनी अफसाइड बसेपछि गोल मान्य भएन ।

७९औं मिनेटमा शाख्तरका स्टेपनेन्कोको प्रहारले बार्सा गोलरक्षक टर स्टेगनलाई केही दुःख दिएन । ८३औं मिनेटमा स्टेपनेन्कोको अर्को प्रहारले पनि गोलपोस्टको दिशा लिन सकेन । शाख्तरले खेलमा बराबरी गर्ने निकै मौकाको फाइदा उठाउन नसक्दा बार्सिलोना विजयी भयो ।

समूहमा ३ खेलमा ९ अंक सहित बार्सिलोना पहिलो स्थानमा छ। पराजित शाख्तर ३ खेलमा १ जित र २ हार सहित तेस्रो स्थानमा छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.